सुर्खेत । स्वतन्त्र विद्यार्थी युनिय (स्ववियु) निर्वाचनअन्तर्गत अहिलेसम्म कर्णालीका १० वटा क्याम्पसहरुको नतिजा सार्वजनिक भएको छ । आइतबार भएको निर्वाचनको नतिजा अनुसार नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेविसंघले ४/४ क्याम्पसमा स्पवियु अध्यक्षमा जित हात पारेका छन् । यस्तै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले २ वटा क्याम्पसमा जित हात पारेको छ ।
अनेरास्ववियु
— सिम्ता बहुमुखी क्याम्पस सुर्खेत : धनश्याम रेग्मी
— अमरदीप क्याम्पस सुर्खेत : अनुप ढकाल
— हिम शिखर बहुमुखी क्याम्पस सुर्खेत : सिर्जना रसायली
— भेरी क्याम्पस गुमी सुर्खेत : शक्ति पौडेल
नेविसंघ
— चामुण्डा कलेज दैलेख : सुनिल शाही
— रारा बहुमुखी क्याम्पस मुगु : राज तामाङ
— नन्दमा बहुमुखी क्याम्पस कालिकोट : जुनिता विष्ट
— गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत : गोपाल खड्का
अखिल क्रान्तिकारी
— जनचेतना बहुमुखी क्याम्पस कालिकोट : पार्वति सन्ज्याल
— तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट : हिक्मत सिंह