
काठमाडौं । समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई चयन गरिएकाे छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो । बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले बताए ।
उनले बैठकमा समसायिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भएको जानकारी दिए । मोर्चाले गरेको कमीकमजोरीलाई सच्याएर अघि बढ्ने र छिटै अर्को बैठक बस्ने पनि बताए ।
महासचिव गुरुङले यसअघि मोर्चाको नेतृत्व नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गरेका थिए । बैठकमा कार्यक्रमका योजनाहरू बनाएर जनपरिचालन लगायतका कार्यक्रम गर्ने सहमति भएको पनि बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google