बारा २ को लागि एकमात्र योग्य उम्मेदवार उपेन्द्र यादव हुन् : मनिस सुमन

दर्पण दैनिक २५ चैत्र २०७९,१२:१०
post

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिस सुमनले बारा २ को लागि एकमात्र योग्य उम्मेदवार उपेन्द्र यादव भएको दाबी गरेका छन् । पार्टी कार्यालयमा सञ्चारकर्मीसँग बारा २ का उम्मेदवारबारे आफ्नो धारणा राख्दै उनले उक्त कुरा बताएका हुन् ।

उपेन्द्र यादव राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने र निर्णायक भूमिका निर्वाह गर्न सक्ने नेता हुन् । उनी राजनीतिले खारिएका, विचार र दृष्टिकोणले परिपक्व एवम् अनुभवी नेता हुन्, सुमनले भने । मधेस र मधेसी जनतालाई कसैले राम्ररी बुझेको छ, जानेको छ भने त्यो उपेन्द्र यादव नै हो । त्यत्तिकै उनलाई मधेसको मसिहा भनिएको होइन, उनले भने ।

बारा २ का उम्मेदवारहरु मध्ये केही राजनीति सिक्ने क्रममा छन् । केही विभिन्न घटनामा संलग्न भएर बदनाम छन् । उपेन्द्र यादव त्यस क्षेत्रमा उम्मेदवार बनेपछि त्यहाँ अरु उम्मेदवार को छ जनतालाई चासो समेत छैन, उनले भने ।    

उपेन्द्र यादवले त्यस क्षेत्रका जनताको अधिकारका लागि वलिदानीपूर्ण सङ्घर्ष गरे । जनताको पहिचानलाई स्थापित गराए । अब मधेसमा विकास र समृद्धि ल्याउनुछ । जनताको जीवनस्तर उठाउनुछ । त्यो काम उपेन्द्र यादवले मात्र गर्न सक्छन् । 

सर्वसाधारण जनताको आँखाबाट हेर्दा पनि यो कुरा छर्लङ्ग छ । अरु उम्मेदवारलाई उनीसँग तुलना गर्न सक्ने ठाउँ छैन । बारा २ का लागि एकमाात्र योग्य उम्मेदवार उपेन्द्र यादव हुन्, सुमनले भने ।  
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: