काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समाजवादको लक्ष्यमा पुग्ने कार्यदिशामा अघि बढ्न शिक्षा र स्वास्थ्यभन्दा पहिला सञ्चार गृहहरू गैरनाफामुलक हुनु पर्ने बताएको छ । रास्वपाका प्रवक्ता मुकुल ढकालले सञ्चार गृहहरूमा व्यापारिक लगानी हुँदा जनतासम्म सूचना सत्य र तटस्थरूपमा पुग्न नसकेको उनको भनाइ छ ।
'समाजवादको व्याख्याको क्रममा हामी शिक्षा र स्वास्थ्यमा व्यापारिकरण नभइ गैरनाफामुलक हुनपर्छ भनेर सँधै बहस गर्छौं । समाजवादको लक्ष्यमा पुग्ने कार्यदिशातर्फ अघि बढ्ने हो भने शिक्षा र स्वास्थ्यभन्दा पहिला मिडिया हाउसहरू गैरनाफामुलक हुनुपर्छ,' सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, 'मिडिया हाउसहरूमा व्यापारिक लगानी हुँदा जनतासम्म सूचना सत्य र तटस्थरूपमा पुग्न सक्दैनन् ।'
संवैधानिक समाजवादको व्याख्या गर्ने क्रममा हामी पार्टीभित्र घनिभूत छलफल गर्ने उनले बताएका छन् । 'लोकतन्त्रलाई व्यापारीहरूले आफूखुसी व्याख्या गर्छन् । र, जनतालाई मन्द विष खुवाउँदै दलालितन्त्रतर्फ धकेल्छन् । पार्टीको नीति, विचार र पार्टीले अंगाल्ने गरेको संवैधानिक समाजवादको व्याख्या गर्ने क्रममा हामी पार्टीभित्र यस विषयमा घनिभूत छलफल गर्छौँ ।'
यसमा राष्ट्रिय बहस आवश्यक रहेको मुलुकमा जति चाँडो सञ्चार गृहहरू गैरनाफामुलक हुन्छन्, नेपाली समाज त्यति चाँडो शुद्धीकरणको दिशामा अघि बढ्ने उनको धारणा छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google