काठमाडौं । आफ्नो जिम्मेवारी प्रति पूर्ण रुपमा निष्ठावान भई कार्य गर्ने निर्देशन दिनुहुदै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले शान्ति सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्दै सबै प्रहरी कर्मचारीहरुले आ-आफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्ने बताएका छन् । एसएसपी भुपेन्द्र खत्रीले जिल्ला प्रहरी परिसर, काठमाण्डौमा कार्यरत सम्पुर्ण प्रहरी अधिकृत र जवानहरुको व्यतिगत निरिक्षण तथा शाखाहरुको निरिक्षण गर्दै यस्ताे बताएका हुन् । एसएसपी खत्रीले शान्ति सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्दै सबै प्रहरी कर्मचारीहरुले आ-आफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्ने बताए ।
समाजमा शान्ति सुरक्षा कायम गर्दै नागरिकलाई सुरक्षाको अनुभूति गराउनका लागि प्रहरी अझ बढी संवेदनशील एवम् सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै आफ्नो मातहतका कर्मचारीहरुको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार, क्रियाकलाप, व्यवसायिक दक्षता तथा सिपका साथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुनुपर्ने बताए ।
प्रहरीले सकारात्मक सोच एवम् उत्कृष्ट व्यवहार र आचरणका साथ नागरिक केन्द्रित सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । हुण्डी कारोबारी, कालो बजारी, चोरी निकासी लगायत अन्य अपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने उनले बताए ।










































































































































































































































































.jpg)















































































































































.jpg)













































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google