काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा हुने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफ्नो पार्टी घोषित मितिमा निर्वाचन हुनुपर्छ भन्ने पक्षमा रहेको बताए ।
‘घोषित मितिमिा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने हो’ उनले भने, ‘हाम्रो पार्टी सक्रियताको साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ ।’ उनले चुनावमा सहभागी हुने बारे अरू दलहरूसँग पनि संवाद भइरहेको जानकारी दिए । ‘अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको छ । मलाई लाग्छ केही समयपछि त्यसको परिणाम देखिन्छ,’ उनले भने ।
बैठकमा देशभर मनसुनजन्य विपद्ले पुर्याएको क्षति र अब गर्नुपर्ने कामको विषयमा छलफल भएको उनले बताए । ‘देशभर विपद्ले कहाँ कहाँ कति क्षति भयो भन्ने कुराको जानकारी लिने काम र हामीले गर्नुपर्ने कामको विषयमा छलफल गरिएको छ’ उनले भने, ‘हामी कसरी अघि बढ्नुपर्छ भन्ने बारे केन्द्रीय समितिको बैठकबाट निर्णय गरिसकेका छौँ ।’


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google