काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले एक करोड ८० लाख लिएको भन्दै मिडियाले 'मिस लिड' गरेको बताएका छन् । सोमबार पत्रकार सम्मेलनमार्फत उनले निरन्तर आफूमाथि प्रहार गर्दै जबरजस्त सहकारी ठग बनाउन खोजिएको बताए ।
'कुनै पनि निकायले मेरो बैंक खाता हेरे हुन्छ । सम्पत्ति सुद्धीकरण, प्रहरीले हेर्न मिल्छ । यो रकम आएको भए म जुनसुकै सजाय भोग्न तयार छु,' उनले भने । उनले आफूसँग स्लिप भएको भन्दै मिडियाले प्रतिक्रिया लिन रातिराति फोन गर्दा टर्चर हुने बताए । 'एकदिन समय माग्दा पनि उहाँहरूले दिनुभएन । मिस लिड भयो,' उनले भने ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google