के के भयाे राजनीतिक संयन्त्रको बैठकमा ?

दर्पण दैनिक २९ माघ २०७९,१२:२१
post

काठमाडौं । बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठकमा गठबन्धनलाई अझै बलियो बनाएर लैजानेबारे कुराकानी भएको छ । सरकारका कामकारबाहीबारे पनि समीक्षा भएको छ । सरकारका कामकारबाहीबारे कहीँकतै कमीकमजोरी देखिए भने सुधार गर्दै लैजानेबारे पनि कुराकानी भएको छ । बैठकपछि उपप्रधान तथा ऊर्जामन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी दिनमा गठबन्धनलाई झन् बलियो बनाएर लैजानेबारे छलफल गरिएको बताए ।

‘अहिलेसम्म सरकारले गरेका कामकारबाहीबारे पनि समीक्षा भयो,’ उनले भने, ‘यस किसिमका भेटघाटलाई आगामी दिनमा कायमै राख्ने कुरा भएको छ ।’ उनले राष्ट्रपति निर्वाचनबारे आज छलफल नभएको बताए । गठबन्धनमा पूर्ववत जे सहमति भएको छ त्यहीअनुसार अघि बढ्ने उनले बताए ।

‘राष्ट्रपति निर्वाचनबारे आज छलफल भएन । बाहिर आएका कुरा भ्रमपूर्ण छन्,’ उनले भने, ‘पहिले भएका सहमतिमा सत्ता साझेदार दलभित्र कुनै असहमति छैन । कुनै समस्या देखिएमा छलफलबाटै समाधान गर्छौं ।’ उनले राष्ट्रपति निर्वाचन तथा उम्मेदवारलाई लिएर सत्ता गठबन्धनभित्र मतभेद नरहेको पनि दाबी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: सरकारमा ल्याउनेबारे पनि कुराकानी भएको र उपयुक्त समयमा रास्वपा सरकारमा आउन सक्ने बैठकमा सहभागी राप्रपा अध्यक्ष लिङ्देनले बताए । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष लिङ्देन थिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: