काठमाडौं । गृह मन्त्रालयले गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंह चन्दलाई दिएको छ । उमेरहदका कारण गण्डकी प्रहरी प्रमुख डीआईजी विकासराज खनालले अवकाश पाएसँगै उनको ठाउँमा डीआईजी सिंहलाई पठाइएको हो ।
बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट डीआईजी सिंहलाई गण्डकी प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । खनालले वैशाख ७ मा डीआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाश पाएका हुन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google