काठमाडौँ । हामी नेपालका संस्थापक सुदन गुरुङले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गरेका छन् । उनले यदि उनीहरूलाई पक्राउ नगरिए देशभर विरोध प्रदर्शन गर्ने चेतावनी दिए । आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै गुरुङले गत भदौ २३ गते भएको जेन-जी आन्दोलनको घटनालाई लिएर तत्कालीन सरकारको नेतृत्वमाथि कारबाहीको माग गरेका हुन् ।
उनले वर्तमान गृहमन्त्रीलाई चुनौती दिँदै छानबिन आयोगको प्रतिवेदन अनुसार कारबाही गर्ने हिम्मत देखाउन आग्रह गरेका छन् । गुरुङले लेखेका छन्, ‘अब हामी गृहमन्त्रीमा हिम्मत छ वा छैन भनेर हेर्न पर्खिरहेका छौं। जसरी उनले सधैं भन्दै आएका छन् कि छानबिन आयोगको लागि पर्खनुहोस्, अब समय आएको छ ।’ गुरुङले सरकारले आफ्नो प्रतिबद्धता पूरा नगरे आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । ‘हेरौँला... अब पनि आफ्नो बोली राखेनन् भने, देशभर विरोध प्रदर्शन हुनेछ र त्यसको जिम्मा स्वयं गृहमन्त्री आफैंले लिनुपर्नेछ,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । भदौ २३ को आन्दोलनका क्रममा भएको दमन र घटनाको जिम्मेवार तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री भएको भन्दै गुरुङले उनीहरूमाथि कारबाहीको माग निरन्तर उठाउँदै आएका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google