प्रधान कार्यालयले दियाे सामाजिक सञ्जालमा जथाभाबी पोष्ट गर्ने, टिकटक बनाउने तथा कमेन्ट गर्ने प्रहरीलाई कारबाहीको चेतावनी

दर्पण दैनिक २९ जेष्ठ २०८०,१५:४६
post

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले मातहतका प्रहरी कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको छ । यसअघि पटकपटक परिपत्र गर्दा पनि प्रहरी कर्मचारीले फेसबुकमा भिडियो पोष्ट गर्ने, टिकटक बनाउने ट्वीटरमा जथाभाबी कमेन्ट गर्ने लगायतका कार्यहरू गरेपछि यी गतिविधि रोक्न प्रहरी मुख्यालयले चेतावनीसहितको निर्देशन जारी गरेको हो । 


सोमबार प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत सुपरिवेक्षण तथा अनुगमन महाशाखाले प्रहरी कार्यरत रहने सबै कार्यालयहरूमा परिपत्र गर्दै प्रहरी कर्मचारीले पालना गर्नुपर्ने अचारसंहितासम्बन्धी कार्यादेश, २०७७ विपरीत यी कार्यहरू पुनरावृत्ति भए/गरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई समेत विभागीय कारबाही हुने चेतावनी समेत दिइएको छ । 

महाशाखाद्वारा परिपत्रमा भनिएको छ,‘ सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्ने गाइडलाइन विपरीत फेसबुक, ट्वीटर, यु–ट्युव, टिकटक लगायतमा पोष्ट, सेयर, ट्याग, कमेन्ट, लिंक सेयर, ट्वीट तथा रि–ट्वीट नगर्ने भनी पटकपटक जानकारी गराउँदासमेत हालसम्म पनि केही प्रहरी कर्मचारीले प्रहरी पोशाक प्रयोग गरी कार्यालय, व्यारेक, कार्यकक्ष लगायत क्षेत्रमा यस्ता क्रियाकलाप गरेकाले यस महाशाखाको गम्भीर ध्यानाकर्षण भएको छ । गाइडलाइन विपरीतको कार्यमा संलग्न कर्मचारी उपर हदैसम्मको विभागीय कारबाही गर्न/गराउन निर्देशानुसार अनुरोध गरिएको छ ।’ 

सुपरीवेक्षकीय कार्यालयबाट आ–आफ्नो मातहतका प्रहरी कर्मचारीबाट विभागीय आदेश/निर्देशनको परि– पालना भए/नभएको समेत अनुगमन गरी कार्यान्वयनतर्फ पहल गर्न/गराउन समेत निर्देशन दिइएको छ । महाशाखाका प्रमुख एसएसपी शेखर खनालद्वारा हस्ताक्षरित परित्रपमा पटकपटकका निर्देशन उल्लंघन गर्दा ‘चेन अफ कमाण्ड’ नभएको र कार्यालय प्रमुखले समेत विशेष चासो लिई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्न निर्देशन दिइएको छ । 

महाशाखाले अख्तियार दुरुपयोग अनुसन्धान अयोगको प्रहरी महाशाखा, प्रहरी प्रधान कार्यालयकै सबै विभाग, ब्यूरो, निर्देशनालय  र महशाखा हुँदै सबै प्रहरी कार्यालयहरूमा परिपत्र जारी गरेको छ । 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: