काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम संसदको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् । ८ हजार ३२ शब्दको नीति तथा कार्यक्रममा अर्थतन्त्रलाई चलायमान गराउने विशेष कार्यक्रम समेटिएको छ ।
यी हुन नीति तथा कार्यक्रमका मुख्य आकर्षण:
–सरकारले उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने
–विदेशी लगानी भित्राउन ग्रिन बन्ड, पूर्वधार बन्ड एवं सहुलियतपूर्ण ऋण परिचालन गर्ने
–सहज जग्गा प्राप्ती, खरिद प्रक्रिया, वातावरणीय प्रभाव मुल्यांकनलाई सरलीकरण गर्न विकास आयोजना सम्बन्धी एकिकृत कानुन बनाइने
–उद्योगलाई चाहिने जग्गाको हदबन्दी पुनरवलोकन हुने
–अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन गर्नकोलागि नेपालका आकर्षक स्थलहरुलाई प्रवद्र्धन गर्ने
–सार्वजनिक स्थानमा एक हजार सुविधा सम्पन्न शौचालय निर्माण हुने
–सरकारले वर्षातमा मासिक ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने
–अनलाइनबाट गरिने नेपाली विज्ञापनलाई नियमनमा ल्याउने
–सरकारी कार्यलयले विद्युतीय सवारी खरिद गर्ने, पेट्रोल गाडीलाई रुपान्तरण गर्न सहुलियत दिने
–काठमाडौं–तराई दु्रर्तमार्ग २०८३ भित्र सम्पन्न गर्ने
–नेपाल वायुसेवा निगमको पुन संरचना गर्ने
–८० को दशकलाई पर्यटन वर्षको रुपमा मनाइने
–सडक यातायात, रेल, जलमार्ग र हवाई क्षेत्रलाई समेट्नेगरी एकिकृत राष्ट्रिय यातायात गुरुयोजना तयार गर्ने
–कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा २ वर्षभित्र अन्तर्राष्ट्रिय प्रतियोगिता गराइने
–श्रमीकको सहजताकालागि स्वचालित ज्याला प्रणाली लागू गर्ने
–प्रत्येक दुई जिल्लामा एउटा एयर एम्बुलेन्स सञ्चालन गर्ने
–काठमाडौंका नदी किनारमा भएका सुकुम्बासीलाई स्थानान्तरण गरिने
–हुलाक बचत बैंकलाई सरकारी बैंकमा गाभिने
–नेपाली वस्तु २० प्रतिशत महँगो भएपनि खरिद गर्नुपर्ने
–एक पालिका एक हुलाक अवधारण कार्यान्वयन गर्ने
–२०८२ सम्म असहाय र अपलत्र व्यक्तिहरूको उद्धार तथा पुनःस्थापना गरी सडक मानवमुक्त समाज बनाउने
–९८ प्रकारका औषधी स्वदेशमा नै उत्पादन गर्ने





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)

















































































































































































































































































































































































.jpg)















































































































































.jpg)































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google