
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले आफू जीवनी लेख्ने नभइ इतिहास लेख्ने यात्रामा रहेको बताइका छन् । पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षणको समापन सभालाई सम्बोधन गर्दै उनले आफू जीवनी लेख्ने यात्रामा नभइ इतिहास लेख्ने यात्रामा भएकाले सबै सांसदको यात्रा इतिहास लेख्न हुनुपर्ने बताएका हुन् ।
‘मैले राजनीतिलाई धेरै ठूलो सपनाको रुपमा अघि सारेको थिएँ । नेताको रुपमा एउटा मान्छे सरकारको कुन तहमा पुग्छ भन्ने ठूलो कुरा होइन,’ सभापति लामिछानेले भने, ‘सरकारमा मन्त्रीका रुपमा रहला प्रधानमन्त्रीको रुपमा रहला त्यो ठूलो कुरा होइन । तर मुलुकलाई एउटा कस्तो नेतृत्व दिंदैछौं भन्ने ठूलो कुरा होइन ।’
पार्टीको सभापति, सरकारको प्रधानमन्त्री वा मन्त्री बन्न हिंडेको भन्ने कसैलाई लागेको भए त्यो भ्रम मात्रै भएको उनको भनाइ छ ।
‘मलाई जीवनीमा ठूलो इच्छा छैन । जीवनी लेख्नु ठूलो कुरा होइन । हामी इतिहास लेख्ने यात्रामा छौं,’ सभापति लामिछानेले भने ।
रास्वपाका सांसदहरू नयाँ भएको कारणले मात्रै नभइ सधैं सिक्ने र सिकाउने प्रक्रिया जीवनको एक अभिन्न अंग भएको सभापति लामिछानेको भनाइ थियो । पछिल्लो समय विश्व राजनीतिले नयाँ मोड लिंदै गरेको अवस्थामा आफ्नो पार्टीको उदय भएको सभापति लामिछानेको भनाइ छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)














































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google