बारा–२ मा जसपाबाट उपेन्द्र यादवको एकल नाम सिफारिस

दर्पण दैनिक १५ चैत्र २०७९,२०:१२
post

जनकपुरधाम । बारा निर्वाचन क्षेत्र २ मा आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनको लागि जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादवको एकल नाम सिफारिस भएको छ । बुधबार बसेको जसपा क्षेत्रीय समितीको बैठकले अध्यक्ष यादवलाई उमेदवारको रूपमा सिफारिस गरेको हो ।

बारा–२ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएकाले उपनिर्वाचन हुन लागेको हो ।  यादव प्रमुख दलसँग तालमेल गरी उमेदवार बन्ने रणनीतिमा छन् । सीके राउत नेतृत्वको जनमत पार्टीले पनि उमेदवार उठाउने घोषणा गरेको छ ।

जनमतले यहाँ नेकपा (माओवादी केन्द्र)का नेता शिवचन्द्र कुशवाहालाई बुधबार नै पार्टीमा भित्र्याएको छ । गत निर्वाचनमा कुशवाहा रामसहाय यादवसँग ३५४ मतले मात्रै पराजित भएका थिए । यादव १३ हजार ८२२ मत ल्याएका थिए भने कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गरेका थिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९