डोटी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीको अध्यक्षमा एमालेका पूर्व उपाध्यक्ष भीम रावलनिकट नेतृ मञ्जु मलासी निर्वाचित भएकी छन् । सोमबार भएको मतदानको आज बिहान मत परिणाम सार्वजनिक भएको हो ।
निकटतम् प्रतिद्वन्द्वी शेरबहादुर मल्ललाई ४४ मत अन्तरले पराजित गर्दै मलासी निर्वाचित भएकी हुन् । मलासीले २ सय १५ मत प्राप्त गरिन् भने उनका प्रतिद्वन्द्वी मल्लले एक सय ७१ मत प्राप्त गरे ।
मलासी भीम रावलनिकट हुन्, भने मल्ल अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । निर्वाचित हुनेमा मञ्जु प्यानलको वर्चस्व देखिएको छ ।
त्यसैगरी उपाध्यक्षमा खगेन्द्र बडैला निर्वाचित भएका छन् । उपाध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको थियो । सचिवमा पदमराज भट्ट, खुला उपसचिवमा डम्बरसिं डौडी र महिला उपसचिवमा बिस्ना सिंह निर्वाचित भएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google