काभ्रेमा ११ जनाको नक्कली नागरिकता रद्द (नामसहित)

दर्पण दैनिक २५ जेष्ठ २०८१,१५:१९
post

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ जनाको नक्कली नागरिकता रद्द गरेको छ । कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी ११ जनाको नक्कली नागरिकता रद्द गरेको कार्यालयले जनाएको छ ।

तत्कालीन समयमा कार्यालयमा अधिकृतद्वय झपेन्द्रराज खरेल र अधिकृत भूपेन्द्र पाण्डेय तथा नायब सुब्बा रामचन्द्र अर्याल भएका बेला जारी गरिएका ११ थान नागरिकता रद्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारी दिए । उनका अनुसार रद्द गरिएका सबै नागरिकता एउटै वर्ष जारी भएको पाइएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार उक्त नक्कली नागरिकता विभिन्न ठेगानाका चिरञ्जीवी दुलाल, श्याम भण्डारी, लिलापन्थ भण्डारी, श्रीराम न्यौपाने, निमा तामाङ, पासाङ तामाङ, गोविन्द भट्टराई, रञ्जिता थापा, राजु गुरुङ, सीता पापाने र तेन्जिङ सोनाम तामाङ रहेका छन् । 

कार्यालयका अनुसार राजु गुरुङ पक्राउ परी धरौटीमा रिहा भएका छन् । निजले कर्मचारीलाई रु पाँच लाख बुझाएर नागरिकता र राहदानी लिएको बयान दिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
खरेल नक्कली नागरिकता प्रदान गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भई उच्च अदालतबाट धरौटीमा छाड्ने आदेश पाए पनि धरौटी रकम राख्न नसक्दा बन्दी अवस्थामै रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । 

उनका अनुसार नागरिकता सनाखत गरेर विदेशीलाई समेत बिक्री गर्ने गिरोह मिलाउने तत्कालीन सुब्बा (हालका अधिकृत) अर्याल र अधिकृत भूपेन्द्र पाण्डेय भने धरौटीमा दुई साताअघि मात्रै छुटेका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा प्रशासकीय अधिकृत (आठौँ तह) मा कार्यरत खरेल उपचारका लागि भारत गएको सूचनाको आधारमा खोजतलास गर्दै जाँदा काभ्रेपलाञ्चोकबाट गत चैत पहिलो साता पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । उनका अनुसार खरेललगायतले छिरिङलाई नेपालीमा निमा तामाङ नाम राखेर झुटा विवरण पेस गरी काभ्रेपलाञ्चोक प्रशासनबाट विसं २०७४ पुस २० गते वंशजको आधारमा नागरिकता दिलाएका थिए । 

छिरिङलाई नक्कली नागरिकता दिलाउन सनाखत गरेका तत्कालीन सुब्बा रहेका बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौँ तहमा कार्यरत ललितपुरको महालक्ष्मी नगरपालिका–५ का अर्याललाई विसं २०८० फागुन २४ गते मकवानपुरबाट पक्राउ गरिएको थियो ।

सहायक प्रजिअ पौडेलका अनुसार जारी भएका सबै नागरिकताको कागजात कार्यालयमा छैन । उनले तिनै कर्मचारीबाट अन्यलाई पनि नक्कली नागरिकता प्रदान गरेको अध्ययनबाट देखिएकाले थप अनुसन्धान भइरहेको जानकारी दिए । विशेष गरी विसं २०७३ र २०७४ मा वितरण गरिएका नागरिकतामा समस्या देखिएको उनको भनाइ छ । रासस

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: