
नयाँ दिल्ली । भारतले लिपुलेक पास कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक मार्ग भएको दाबी गर्दै यस सम्बन्धमा नेपालले राखेका सीमासम्बन्धी दाबीहरूलाई अस्वीकार गरेको छ । नेपालको परराष्ट्र मन्त्रालयले कैलाश मानसरोवर यात्राको सन्दर्भमा व्यक्त गरेको सीमा सम्बन्धी धारणाबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले आइतबार यस्तो टिप्पणी गरेका हुन् ।
प्रवक्ता जैसवालले यस विषयमा भारतको अडान स्पष्ट र सुसंगत रहेको बताएका छन् । “लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि स्थापित मार्ग हो र दशकौंदेखि यो मार्गबाट यात्रा भइरहेको छ,” उनले भनेका छन्, “यो कुनै नयाँ विकासक्रम होइन ।”
नेपालले गरेको दाबीका सम्बन्धमा भारतले ती दाबीहरू न्यायोचित नभएको र ऐतिहासिक तथ्य एवं प्रमाणमा आधारित नभएको जिकिर गरेको छ । प्रवक्ता जैसवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्षेत्रीय दाबीहरूको यस्तो एकपक्षीय र कृत्रिम विस्तार टिकाउ हुन सक्दैन ।”
भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धका सबै विषयमा रचनात्मक कुराकानीका लागि तयार रहेको बताएको छ। यसमा सहमति भएका बाँकी सीमा विवादलाई पनि वार्ता र कूटनीतिको माध्यमबाट समाधान गर्न भारत खुला रहेको प्रवक्ता जैसवालले उल्लेख गरेका छन्।





















































































































































































































































































































.jpg)















































































































































.jpg)







































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google