काठमाडौँ । नेकपा एमाले निकट अखिल नेपाल स्वतनत्र विद्यार्थी युनियन अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनमा १७ पदाधिकारीमा मात्रै एक सय जना हाराहारीमा उम्मेदवारी परेको छ ।
अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव गरी १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि कुल ३ सय भन्दा बढीले उम्मेदवारी दिएका हुन् ।
अनेरास्ववियुको एक पदका अध्यक्षका लागि ५ जना र महासचिवका लागि पनि पाँचै जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला, वाङ्छु योन्जन र समिक बडालले उम्मेदवारी दिएका छन् ।
निर्वाचन कमिटीले बिहीबार बिहान उम्मेदवारहरुको अन्तिम नामावाली सार्वजनिक गरेको छ ।
यस्तो छ नामावाली सूची https://drive.google.com/file/d/1xd0VPX7tFZ_Oy2E9cfZwwJZU_JYyxidG/view