पोखरा । विगत डेढ दशकदेखि समाजसेवामा सक्रिय लायन्स नेतृ मिलन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् । शनिबार पोखरामा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा उनी पनि रास्वपामा प्रवेश गरेकी हुन् । करिब १ दशक कांग्रेसको राजनीतिमा सक्रिय उनी स्वेच्छाले नै रास्वपा प्रवेश गरेको बताउँछिन् ।
आइतबार एक वक्तव्य लेख्दै थापाले भनिन्, ‘कांग्रेसले मलाई जुन स्थान र भूमिका दियो, त्यसप्रति सदैव आभारी छु । मेरो कुनै गुनासो भएर पार्टी परिवर्तन गरेको नबुझिदिनुहोला ।’
उनले स्वतन्त्र निर्णयकै आधारमा पार्टी प्रवेश गरेको बताएकी छन् । राजनीतिलाई पेसा नभई राष्ट्र सेवाको माध्यम बनाउने उद्देश्यले आफू अघि बढेको उनको दाबी छ । रास्वपा प्रवेशसँगै थापालाई पोखरा महानगरपालिकाको उपमेयरको उम्मेदवारका रूपमा समेत चर्चा गर्न थालिएको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google