काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महानगरबाट गरिब नभएर गरिबी लखेट्नुपर्ने बताएका छन् । मंगलबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीले फुटपाथ व्यापारलाई व्यवस्थित बताउन सकिने बताएका हुन् ।
ओलीले फेसबुकमा स्टाटस लेखेका हुन् । उनले लेखेका छन्- हो, फुटपाथ हिँड्नकै लागि हो । पैदल यात्री सहज रूपमा हिँडुन् भनेर नै फुटपाथ बनाइएको हो। यसमा कसैको दुईमत छैन होला, मेरो पनि छैन। कुरा परम्परादेखि फुटपाथमा रोजीरोटीका लागि गुजारा व्यापार गरिरहनुभएका मानिसहरूको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो । फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो। असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औं वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौं । पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ ।
ओलीले परम्परागत रूपमा चल्दै आएको कुरालाइ एक्कासी परिवर्तन गर्न खोज्दा केही खल्बली हुनु स्वभाविक र वैज्ञानिक पनि भएको बताएका छन् ।उनले लेखेका छन्- उपमेयरले भेट्नु भएको भन्ने सुनें। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ । दुबै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधन निकाल्नुहोस् । हामीले महनगरबाट गरिबी लखेट्नुपर्छ, गरिब होइन । समाधानको उपाय के हुन सक्छ, तपाईंहरूको विचार पनि राख्नुस् है !


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google