
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो तर्फबाट राष्ट्रियसभा सदस्यको उमेदवार छानेको छ । आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट एक उमेदवारको नाम टुंग्याइएको हो । पार्टीका तर्फबाट रौतहटकी पूजा चौधरीलाई उमेदवार बनाउने निर्णय गरिएको जसपाका प्रचार विभागले जनाएकाे छ ।
सत्ता गठबन्धनमा आबद्ध दलबीच भएकाे भागबन्डाअनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले ६, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाउने उनीहरूबीच सहमति भएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google