
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालका महासचिव घनश्याम भुसालले नेपाली कांग्रेस र नेकपा (एमाले) को वर्तमान सत्ता गठबन्धनलाई नाजायजको संज्ञा दिएका छन् । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ शीर्षकमा तयार गरेको दस्तावेजमा उनले यस्तो उल्लेख गरेका हुन् । समाजवादीको केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजकसमेत रहेका भुसालले अहिलेको सरकारले देशलाई आर्थिक संकटबाट उकास्न नसक्ने पनि जिकिर गरेका छन् ।
‘सत्ताकेन्द्रित नाजायज गठबन्धनको राजनीतिले मुलुकका आर्थिक समस्या समाधान गर्न सक्दैन, राज्य नालायक बन्दै जान्छ । राज्यको नालायकीले सामाजिक असन्तुष्टि बढाउँछ । नालायक राज्यले शक्ति प्रयोग गर्न थाल्छ र अस्थिरताका शक्तिहरू, पुराना साम्प्रदायिक र पपुलिष्ट तत्वहरूले त्यसलाई उत्तेजक बनाउँदै जान्छन्’, उनले पार्टी बैठकमा पेश गरेको दस्तावेजमा भनेका छन्, ‘आज मुलकमा त्यही भइरहेको छ । सत्ताधारीहरू नालायक र अनुत्तरदायी हुँदै छन्, सडक अराजक र पपुलिष्ट हुँदै छ ।’
उनले अब देशका जिम्मेवार राजनीतिक पार्टी र नागरिक समुदायले गम्भीर आत्मसमीक्षा गर्दै एउटा नयाँ पहलकदमीद्वारा हस्तक्षेप गर्नु आवश्यक भइसकेको पनि बताएका छन् । ‘जसले सत्ताधारी गठबन्धनका नालायकीविरुद्ध आमजनतालाई सचेत र सङ्गठित गर्दै मुलुकलाई अपमानको इतिहासबाट मुक्त गरोस् र अग्रगामी निकास देओस्’, उनले भनेका छन् ।
भुसालले सुशासनतर्फ आफ्नो विश्लेषण पेश गर्दै अहिले सरकारका हरेक क्षेत्रमा भ्रष्टाचार रहेको उल्लेख गरेका छन् । ‘अहिले सरकारी प्रशासन, न्यायिक क्षेत्र र राजनीतिमा भ्रष्टाचार र ढिलासुस्ती व्याप्त छ । राज्यका कैयौँ निकायहरू अनावश्यक छन्, निर्वाचन प्रणाली खर्चिलो र भ्रष्टाचारलाई प्रोत्साहित गर्ने खालको छ । संघीय, प्रादेशिक र स्थानीय सरकारले आवश्यक सेवा प्रवाह गरेका छैनन्, सार्वजनिक तथा सामाजिक संघ/संस्थाहरूमा समेत दलालतन्त्र हावी हुँदैछ’, उनले भनेका छन्, ‘राज्यको कार्यप्रणाली संविधान र कानुनमा आधारित हुने, सार्वजनिक संस्था तथा सङ्गठनहरू जवाफदेही, पारदर्शी र प्रभावकारी हुने र कानुन निर्माणमा सहभागिता, समावेशिता तथा समानताका आधारमा हुने कुराले सुशासनलाई ग्यारेण्टी गर्छ ।’
भुसालले देशमा अहिले सबैतिर भ्रष्टाचार रहेको बताएका छ्न। ‘तर राजनीतिक पार्टीहरूको संरचना र कार्यप्रणालीले नै भ्रष्टाचारलाई निरुत्साहित र दण्डित गर्ने ग्यारण्टी नगरेसम्म त्यसको प्रभावकारी नियन्त्रण हुन सक्दैन, अर्थात् राजनीतिक नेताहरू भ्रष्टाचारमुक्त छन् भन्ने विश्वास सिर्जना गर्नु अत्यन्तै जरुरी भएको छ’, उनले अगाडि भनेका छन्, ‘अहिलेसम्म सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न संवैधानिक तथा कानुनी प्रबन्धका साथ एउटा शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन गरियोस् ।’
उनले संविधान कार्यान्वयनको पुनरावलोकन उपशीर्षकमा संविधान संशोधनको विषय उठेका बेला पहिले संविधान कार्यान्वयनको पुनरावलोकन आवश्यक रहेको बताएका छन् । ‘यस अवस्थामा संविधान संशोधनको मुद्दा उठाएर या त जानीजानी मुलुकलाई झन् डरलाग्दो अन्योलतर्फ धकेलिँदै छ वा राजनीतिक नेतृत्वका नालायकी लुकाउन खोजिँदै छ’, उनले भनेका छन्, ‘त्यसैले सर्वप्रथमत: संविधान कार्यान्वयनका दश वर्षको पुनरावलोकन गरेरमात्रै संशोधनको छलफल गर्नुपर्छ । शासकीय स्वरुप, संघीयता, निर्वाचन प्रणाली, मौलिक हकको कार्यान्वयनलगायत सबै मुख्य मुद्दामा हुने त्यस्तो छलफलको निष्कर्षका आधारमा संविधानलाई अझ समृद्ध र जनमुखी बनाउने गरी संशोधन गर्नु पर्छ ।’
त्यसैगरी ‘रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन’ उपशीर्षकमा भुसालले अहिले नेपालको राजनीति र राज्यको सबैभन्दा जरुरी विषय रोजगारी र सुशासन नै रहेको बताएका छन् । ‘तर अहिलेसम्म राजनीति र राज्यका लागि यी मुद्दा प्राथमिक बनेनन् । जसले गर्दा मुलुकको भविष्य छ भन्ने विश्वाससमेत हराउँदै गएको छ । हामी सधैँभरी सङ्कटपूर्ण सङ्क्रमणमा अल्झिरहेका छौँ । राजनीतिक नालायकी, अस्थिरता र अन्योल बढ्दै गएको छ’, उनले भनेका छन्, ‘मुलुकले लामो समय यो अवस्था थेग्न सक्दैन ।’
उनले यस संकटबाट निस्किनका लागि मुलुकको राष्ट्रिय एजेण्डा बनाउन सरकारले यथाशिघ्र ‘रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन’ आयोजना गर्नुपर्ने बताएका छन् । ‘उक्त सम्मेलनमा सबै राजनीतिक पार्टीहरूले गणतन्त्रको अभ्यासमा रहेका कमी तथा कमजोरीको आत्मसमीक्षा गर्दै आगामी १० वर्षमा कृषि, उद्योगलगायत उत्पादनका क्षेत्रहरूको विकास, शिक्षा-स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास र भ्रष्टाचार– ढिलासुस्ती रहित पारदर्शी राजनीतिक, न्यायिक तथा प्रसाशनिक व्यवस्थाका लागि आआफ्ना योजनाहरू पेश गर्नेछन्’, उनको प्रस्ताव छ, ‘त्यसले राजनीतिलाई जनताको दैनिक जीवन र राष्ट्रको दीर्घकालीन भविष्यमा केन्द्रित गर्नेछ । त्यस क्रममा कैयौँ विषयमा राष्ट्रिय सहमति बन्न सक्छ वा कम्तिमा पनि राष्ट्र निर्माणका लागि कुन राजनीतिक दलका के योजना छन् भन्ने विषयमा राष्ट्रिय बहस सुरू हुनेछ ।’


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)



































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google