
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, प्रदेश सभा सदस्य एवम् विराटनगर नगरपालिकाको पूर्व प्रमुख भीम पराजुली र कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद मुक्ताकुमारी यादव सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान महासचिवमा मनोनित भएका छन् । नेपाली कांग्रेस, सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको आज बसेको केन्द्रीय समन्वय समितिको वैठकले उनीहरुलाई मनोनित गरेको हो । त्यसैगरी आजको वैठकले नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद हर्षजित लामा र पूर्व सचिव विश्वप्रकाश पण्डितलाई सल्लाहकारमा मनोनयन गर्ने निर्णय गरेको छ ।
महाअभियानको आजैको वैठकले सुरेन्द्र हमाल– रोल्पा, राजुराज जोशी–काठमाडौं, नरोक्तम वैद्य–काठमाडौं, महासमिति, डा. श्रीमती लता घिमिरे¬– काठमाडौं, श्री इन्दुप्रकाश शर्मा–पर्वत, नख्खी खान–बाँके, ढुण्डिराज पोखरेल–पाल्पा, दिवस ढुङ्गेल–काठमाडाैं, गणेश सिग्देल–सिन्धुपाल्चोक, राजेन्द्रभक्त श्रेष्ठ, विश्वनाथ दाहाल, अच्युत सुवेदी, खिलप्रसाद सुवेदी, प्रविण घिमिरे, निशेष ढुङ्गेल, सीताराम काफ्ले – काठमाडौंलाई सदस्यमा मनोनित गरेको छ ।
त्यसैगरी घनश्याम घिसिङ – उदयपुर, मोहन पाण्डे – महोत्तरी, रोहिणीप्रसाद आचार्य – चितवन, गणेशप्रसाद न्यौपाने – लमजुङ, गिरिराज पाठक – रूपन्देही, रामचन्द्र तिवारी–पर्वत, उद्धवप्रकाश नेपाल–काभ्रेपलाञ्चोक, प्रकाश प्रधान–पर्सा, अशोकनाथ योगी–कालिकोट, देवराज चालिसे–नवलपरासी, प्रदेश महामन्त्री विष्णु मुस्कान–अर्घाखाँचीलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
महाअभियानको वैठक नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद महाअधियानका संयोजक शंकर भण्डारीको सभापतित्वमा बसेको थियो ।
नेपाली कांग्रेस, सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानको घोषणा सभा फागुन ५ गते शनिवार हुँदै छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google