काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।
सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा प्रदीप यादव र हसिना खान राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरूले सोमबार साँझ शपथ लिएका छन् । आजै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्रीबाट राजीनामा बुझाएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google