किन पक्राउ पक्राउ माओवादी नेता खाम ?

दर्पण दैनिक २० चैत्र २०८०,१६:१५
post

काठमाडौं । व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् ।  माओवादीका पूर्वलडाकुसमेत रहेका खामलाई मंगलबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका खाममाथि २०६५ मा व्यापारी रामहरि श्रेष्ठलाई नियन्त्रण लिएर हत्या गरेको अभियोग छ । १५ वैशाख २०६५ मा श्रेष्ठलाई कोटेश्वरबाट नियन्त्रणमा लिएर चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्‍याइएको थियो ।

खामकै अगुवाइमा श्रेष्ठलाई नियन्त्रणमा लिएको बताइएको छ । त्यतिबेला श्रेष्ठको घरमा माओवादी लडाकुको तेस्रो डिभिजनको सम्पर्क कार्यालय राखिएको र उक्त कार्यालयबाट १४ चैत २०६४ मा १७ लाख नगदसहित हतियार चोरिएको घटना सार्वजनिक भएको थियो । उक्त चोरी प्रकरणमा श्रेष्ठको संलग्नता रहेको भन्दै खामको टोलीले नियन्त्रणमा लिन लडाकुलाई कोटेश्वर पठाएको थियो ।

त्यतिबेला श्रेष्ठसहित केशव अधिकारी र गंगाराम थापालाई नियन्त्रणमा लिएका थिए । उनीहरूलाई नियन्त्रणमा लिई शक्तिखोर पुर्‍याइएको थियो । २८ वैशाख २०६५ बिहान नारायणी नदीमा श्रेष्ठको शव भेटिएको थियो । उक्त  घटनापछि श्रीमती रमिला श्रेष्ठले आफ्ना पतिको अपहरण गरी हत्या भएको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

गोविन्दबहादुर बटालासहित तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनका कमान्डर कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्कीलाई घटनामा संलग्नताको आरोप लगाउँदै जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलाइयो । उक्त मुद्दाको १७ जेठ २०६८ मा फैसला भएको थियो ।

जिल्ला न्यायाधीश भोजराज अधिकारीको इजलासले उक्त फैसलामा बटालालाई तीन वर्ष कैद र खाम, अधिकारी र थापा फरार रहेको मुद्दा अदालतले मुल्तबीमा राखेको थियो । मुद्दा चलेदेखि नै खाम अदालतमा उपस्थित भएका थिएनन् ।

१५ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका खाम लामो समयदेखि माओवादी केन्द्रकै संरक्षणमा रहँदै आएका थिए । फरार रहेका खामलाई माओवादी केन्द्रले केन्द्रीय विभागको सदस्य बनाएको थियो । माओवादी सशस्त्र विद्रोहमा खामको नाम एउटा सफल र साहसी सैन्य कमान्डरका रूपमा परिचित थियो । तर, शान्ति प्रक्रियामा आएपछि उनी शृंखलाबद्ध अपराधका अभियुक्त बनेका थिए । त्यही कारण उनी सक्रिय राजनीतिमा आउन सकेका छैनन् । भूमिगत शैलीमा काम गर्दै आएका खामलाई माओवादी केन्द्रले भने निरन्तर संरक्षण गर्दै आएको थियो । 

 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: