काभ्रे । तेमाल गाउँपालिकाका अध्यक्ष तथा कांग्रेस काभ्रेका नेता चन्द्र बहादुर तामाङ (लामा)ले जनताको मत पाएको ठुलो पार्टी प्रतिपक्षमा बस्नु लोकतन्त्रको लागि दुर्भाग्य भएको बताएका छन् । पूर्वमन्त्री, बागमती प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा प्रमुख अतिथि रहेको कांग्रेस तेमाल गाउँपालिकाको सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै तामाङले यस्तो बताएका हुन् ।
उनले भने., ‘लोकतन्त्र र प्रजातन्त्रको जन्मदाता भनेर चिनिने हाम्रो गौरवशाली पार्टी नेपाली कांग्रेस अस्थिर राजनीतिको कारण सत्ता बाहिर बसेको छ । प्रमुख प्रतिपक्षको भुमिका निभाइरहेको छ । लोकतन्त्रको लागि लडेको तथा जनताको मत पाएर ठुलो पार्टी बनेको कांग्रेस सत्ता बाहिर बस्नु भनेको लोकतन्त्र तथा आम नेपालीको लागि दुर्भाग्यको कुरा हो ।’
तामाङले पार्टीले जुनसुकै बेला आन्दोलन घोषणा गर्न सक्ने भन्दै तयारी अवस्थामा रहन युवाहरुलाई निर्देशन दिए । उनले भने, ‘कांग्रेसले यसरी नै विभिन्न सभा सम्मेलन गर्न सक्छ, विरोधका सभा तथा आन्दोलनहरु घोषणा गर्न सक्छ । पार्टीले घोषणा गरेको आन्दोलन तथा कार्यक्रममा उत्साहका साथ उपस्थिति जनाउन र सहभागी हुन् सम्पूर्ण युवा तथा पार्टीका साथीहरुलाई अनुरोध गर्न चाहन्छु ।’
फरक प्रसंगमा बोल्दै अध्यक्ष लामाले आफू तेमाल गाउँपालिकाको अध्यक्ष भएर गरेका काम मध्ये नराम्रो काम भएको भए आफूलाई भन्न र सुधार्नको लागि सहयोग गर्न आग्रह गरे । उनले भने, ‘गत स्थानीय तहको निर्वाचनबाट चुनिएर तेमाल गाउँपालिकाको अध्यक्ष भएको दुईवर्ष भएको छ । यो समयमा विकासका केही योजना सम्पन्न भइसकेका छन्, भने केही बन्दै गरेको अवस्थामा छन् । काम गर्दैगर्दा कुनै काम सफल होला कुनै असफल होला, कुनै काम राम्रो बन्न सक्ला कुनै काम नराम्रो होला । राम्रो कामको लागि धन्यवाद दिन अनुरोध छ । नराम्रो काम भएको भए मलाई भने हुन्छ यो काम राम्रो भएन अर्को वर्ष राम्रो गर्नु भनेर । सच्याउन म प्रतिवद्ध छु ।’ आम नागरिकमा निरनशा पैदाहुने कुरा गरेर पालिकाप्रति नकारात्म भावना नफैलाउन उनले सबैलाई आग्रह गरे ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google