ढाकाकुमारले काेर टिमकाे सदस्य भन्दै नाम लिएपछि रास्वपाले दियाे यस्ताे चुनाैती (विज्ञप्तिसहित)

दर्पण दैनिक २७ भाद्र २०८०,१३:३२
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित डा. ढाकाकुमार श्रेष्ठले पार्टी र पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । प्रवक्ता डा. मुकुल ढकालले एक विज्ञप्ति निकाल्दै मन्त्री बनाउन ३ करोड रूपैयाँ माग गरेका थिए भनी विभिन्न सञ्चारमाध्यममा सार्वजनिक अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण भएको जनाए ।

विज्ञप्तिमा भनिएको छ, ‘विनाआधार, विनाप्रमाण पार्टीको छविमा आँच पुर्‍याउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न सम्बन्धित सबैलाई अनुरोध गरिन्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अनुसरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा. श्रेष्ठ वा जोकोही आएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घण्टाभित्र कारबाही गरिने समेत उल्लेख गरेका छन् ।

विज्ञप्ति

मिति २०८०।०५।२७

विज्ञप्ती

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित हुनुभएका डा.ढाका कुमार श्रेष्ठले पार्टी र पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर ती सदस्यले उहाँलाई मन्त्री बनाउन ३ करोड रुपैयाँ माग गरेका थिए भनी विभिन्न सञ्चारमाध्यमहरुमा सार्वजनिक अभिव्यक्ति दिनुभएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा हालसम्म भएका घटना विवरणहरु सम्बन्धित सबैको सूचनाका लागि निम्नानुसार उल्लेख गरिएको छ ः

१. डा. ढाका कुमार श्रेष्ठले एक मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भए पश्चात् तत्कालीन केन्द्रीय अनुशासन तथा आचरण समिति (हाल केन्द्रीय अनुशासन आयोग) ले उक्त टेप प्रकरण सम्बन्धमा उहाँलाई बोलाएर लिखित तथा मौखिक सोधपुछ गरी, स्पष्टीकरण सोधी अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा उहाँले अनुशासन समितिका सदस्यहरुसँग आफूलाई पार्टीले साथ नदिए आफूलाई मन लागेका पार्टीका सदस्यलाई पोेल्दिन्छु भन्नुका साथै बाहिरिएको अडियोमा भएको आवाज आफ्नो हो÷होइन भनी परीक्षण गर्न इन्कारी समेत गर्नुभयो । यस विवरणको अडियो रेकर्ड पार्टीसँग हाल पनि सुरक्षित छ । तत् पश्चात् अनुशासन समितिले केन्द्रीय समितिलाई डा.श्रेष्ठ उपर कारवाहीको लागि सिफारिस गरेको थियो ।

२. केन्द्रीय समितिको बैठकमा केन्द्रीय अनुशासन समितिले पेश गरेको सिफारिससहितको प्रतिवेदन अध्ययन गरी पार्टीको विधान बमोजिम केन्द्रीय समितिको बैठकमा बोलाइ डा.श्रेष्ठलाई स्पष्टिकरणकोे मौका दिइएको थियो । स्पष्टीकरण दिने क्रममा उहाँले पार्टीले मलाई जोगाइदिनु प¥यो, नत्र पार्टीको जोकोहीको नाम पोल्दिन्छु, पार्टीलाई सक्काई दिन्छु भनेर केन्द्रीय समितिलाई धम्काउनुभयो । यसरी पार्टीलाई धम्क्याएको अडियो र भिडियो पार्टीसँग सुरक्षित रहेको व्यहोरा सूचित गरिन्छ । डा. श्रेष्ठलाई केन्द्रीय समितिमा “तपाईंसँग पार्टीबाट कसैले पैसा मागेको हो” भनी सोध्दा इन्कार गर्नुभएको थियो भने मेडिकल व्यवसायीसँग उहाँले संवाद गरेको कुरा चाहिं स्वीकार गर्नुभएको थियो । पार्टीमा कोर टिम को हो भनेर सोध्दा उहाँले त्यस्तो कोही छैन भन्नुभएको थियो ।

३. केन्द्रीय समितिले केन्द्रीय अनुशासन समितिले पेश गरेको सिफारिससहितको अनुसन्धान प्रतिवेदन तथा डा.श्रेष्ठको स्पष्टीकरण पश्चात् सदस्यता खारेज गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । तत् पश्चात् पार्टी विधान बमोजिम उहाँलाई आफूमाथि भएको कारवाही विरुद्ध पुनरावेदन समितिमा पुनरावेदन गर्ने मौका दिइएको थियो । डा.श्रेष्ठले पुनरावेदन गर्ने क्रममा “उक्त अडियो संवाद मलाई फसाउने नियतले मेरो राजनीतिक भविष्य समाप्त गर्न तयार गरिएको हो, उक्त अडियो संवाद त्बmउभचष्लन गरिएको छ । मैले उक्त संवादमा भएका व्यक्तिलाई राम्ररी चिनेको समेत छैन । गैर व्यक्तिलाई स्वास्थ्य मन्त्री बन्न पैसा माग्ने कुरा पनि आउँदैन, उक्त अडियोे संवाद गलत र झुठो हो” भन्ने जिकिर गर्नुुभएबाहेक उक्त अडियो उहाँको होइन भन्ने कुनै ठोस प्रमाण पेश गर्न सक्नुभएन । नत कोर टिममा को–को छन् भन्ने नै खुलाउनुभएको थियो ।

४. पार्टी विधान बमोजिम उहाँलाई पार्टीबाट निष्कासन गर्ने निर्णय भए पश्चात् पार्टीले गरेको कारवाही विरुद्ध उहाँले सर्वाेच्च अदालतमा दायर गर्नुभएको रिटमा पनि पार्टीले अन्याय ग¥यो, उक्त अडियो आफ्नो नभएको भन्ने बाहेक कसले पैसा माग्यो भनी कहीं कतै उल्लेख गर्नुभएको छैन ।

५. सञ्चारमाध्यमहरुमा मेडिकल व्यवसायीसँगको अडियो बाहिरिएपछि डा. श्रेष्ठले कहिले उक्त अडियो आफ्नो नभएको भन्ने, त कहिले त्यो पुसको अडियो अहिले किन सार्वजनिक भयो ? भन्ने, कहिले कोर टिम को खुलासा गर्छु भन्ने, कहिले पार्टीमा कुनै कोर टिम नभएको भन्ने, त कहिले पार्टीका फरकफरक केन्द्रीय समिति सदस्यहरुलाई पोलिरहने जस्ता एकआपसमा परस्पर विरोधी अभिव्यक्तिहरु दिइरहनुभयो ।

उल्लिखित पृष्ठभूमिमा बिना आधार, बिना प्रमाण पार्टीको छविमा आँच पु¥याउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न सम्बन्धित सबैलाई अनुरोध गरिन्छ । तथापि राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्ट्राचारप्रति शुन्य सहनशीलताको नीति अनुसरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा.श्रेष्ठ वा जोकोही आउनुभएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घण्टाभित्र कारवाही गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं । साथै पार्टीप्रतिको जनविश्वास, आस्था र भरोसामा चोट पु¥याउने कुत्सित प्रयत्न कसैबाट नहोस् भनी सचेत समेत गराउन चाहन्छौं ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: