काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक भन्दै ‘गणतन्त्र पक्षधर’ दलहरूको बैठक बसेको प्रति कटाक्ष गरेका छन् । उनले ‘आदरणीय ‘सर्वदलीय हेड सर’ हरू यता सुन्नुस् है !’ भन्ने कटाक्ष गर्दै व्यवस्था बचाउन जनताको पक्षमा काम गर्न सुझाएका छन् ।
‘आज बैठक गर्ने सबै पार्टी मिलेर भूकम्प पीडितका घरमा पाल र ब्ल्यांकेट पुर्याउनुहोस् र यो चिसोमा जनता जोगाउनुस्। व्यवस्था आफै जोगिन्छ, परिवर्तन आफै जोगिन्छ।’
जुटाइदिएको पाल, चामल, दाल समयमै बाँड्न नसक्ने अनि चिन्ता व्यवस्थाको र परिवर्तन को भन्दै लामिछानेको प्रश्न छ ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ तपाईँहरूले सक्नु हुन्न भने भन्नुस्, रास्वपाले सक्छ र रास्वपा तयार छ त्यो पनि पुनर्निर्माणसम्मको जिम्मा लिन तयार छ। फेरि पनि भन्छु, व्यवस्थामा खतरा छैन, भए पनि जोगाउने जनता छन्। तिनको जीवन रक्षा गरिदिनुस् ।’
परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका जनतालाई यो चिसोमा आकाश मुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले मेरा आँखा नराम्ररी बिझाएको लामिछानेको टिप्पणी छ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google