काठमाडौं । आफूलाई युवासन्त र धर्मगुरु बताउने आचार्य श्रीनिवास हिरासतबाट रिहा भएका छन् । मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुँदा उनलाई प्रहरीले गौशालाबाट गत मंसिर ११ मा पक्राउ परेका थिए । प्रहरीमाथि ढुङ्गा प्रहार गरेको आरोपमा श्रीनिवास पक्राउ परेका थिए ।
उनीसहित प्रहरीले सो अभियानबाट १७ जनालाई दुई दिनमा पक्राउ गरेको थियो । पक्राउ परेका सबै हिरासतबाट छुटेको ‘राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का हरि कार्कीले जानकारी दिए ।
प्रहरीले १७ जनाविरुद्ध नै काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा मुद्दा चलाएको थियो । श्रीनिवाससँगै प्रहरीले अन्य तीनजनालाई शुक्रबार रिहा गरेको हो । अन्यलाई यसअघि नै विभिन्न समयमा रिहा गरिएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google