कास्की । पोखरामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा पोखरा महानगरपालिका–२७, सहेलापाटाका २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको छ । घरभित्र च्यापिएको अवस्थामा ५० वर्षीय कमला थापाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए ।
बुधबार बिहान पहिरो खस्दा ब्लकले बनेको घर पुरिएको हो। कमला र भीम घरभित्र रहेका थिए । तत्कालै स्थानीय बासिन्दा उद्धारमा खटिएका थिए ।
स्थानीय बासिन्दासँगै इलाका प्रहरी कार्यालय शिसुवा र सशस्त्र प्रहरी बल नेपाल २४ नं. कालिका गण मालेपाटनको टोलीले कमलाको उद्धार गरेको हो । भीम भने मृत अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक शर्माले बताए । पोखराल र आसपासको क्षेत्रमा गए रातिदेखि लगातार वर्षा भइरहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google