भारत भ्रमण अत्यन्तै फलदायी रह्यो : प्रधानमन्त्री प्रचण्ड

दर्पण दैनिक २० जेष्ठ २०८०,१२:४८
post

नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण अत्यन्तै फलदायी भएको बताएका छन् । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले शनिबार ट्वीटरमार्फत भ्रमण फलदायी भएको बताएका हुन् ।  प्रधानमन्त्री प्रचण्डले भनेका छन् : ‘नयाँ दिल्लीमा दुई देशबीच औपचारिक भेटवार्ता र महत्वपूर्ण सहमतिपछि हिजो र आजको मध्य प्रदेश भ्रमण अत्यन्तै फलदायी रह्यो ।’

उनले भारतको स्वच्छ शहरको पहिचान बनाएको इन्दोरस्थित फोहोर व्यवस्थापन केन्द्र र टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गरिएको सो क्षेत्रको भ्रमण नेपालका लागि समेत उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्रीले शुक्रबार मध्यप्रदेशको इन्दोर र उज्जैनको भ्रमण गरेका थिए ।

उज्जैनमा उनले महाकालेश्वर मन्दिरको अवलोकन र पुजापाठ गरेका थिए । ट्वीटरमा उनले लेखेका छन् : ‘भारतको प्रशिद्ध प्राचिन शहर उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिरको अवलोकन गर्ने अवसर मिलेको छ । म न्यानो स्वागत र आत्मीय आतिथ्यताका लागि मध्यप्रदेशका राज्यपाल मंगुभाई पटेल र मुख्यमन्त्री शिवराज शिंह चौहानजीप्रति आभार प्रकट गर्दछु ।’ प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली आज साँझ ६ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post