काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति पूर्व मन्त्री एवं बागमती प्रदेशका सदस्य तीर्थ लामा बाढी र पहिरोले भएको धनजनको क्षतिबारे स्थलगत अनुगमन गर्न वडा वडा पुगिरहेका छन् । असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाको कारणले काभ्रेका बिभिन्न स्थानमा गएको बाढी र पहिरोले धनजनको क्षतिबारे स्थलगत अनुगमन गर्न लामा आज नमोबुद्ध नगरपालिकाका विभिन्न वडाहरुमा पुगे । सभापति लामाले स्थलगत निरक्षणमा यस भएको विभिन्न समस्याहरु बारे प्रत्यक्ष भेटघाट गरे, भने पीडतिको घरमै पुगेर वास्तविक समस्याबारे जानकारी लिए ।
भेटघाँटकै क्रममा लामाले हाल नमोबुद्धमा खानेपानी र विद्युत प्रसारणलाइन बारे तत्काल समस्याको समधान हुने बताए ।
नमोबुद्ध मन्दिरका आसपासमा देखिएका समस्यालाई ग्याविन वाल मार्फत तत्काल काम सुचारु गर्न लामाले काभ्रे सिचाईँ डिभिजन प्रमखलाई क्षेतिग्रस्त स्थलबाट नै फोन सम्पर्क गरे । खानेपानीको समस्या समाधानको लागि खानेपानी डिभिजन काभ्रेलाई समेत सम्पर्क गरे ।
नमोबुद्ध नगरपालिकाका वडा भित्रका समस्याबारे सभापति लामाले आफ्नोतर्फबाट विभिन्न सम्बन्धित निकायलाई कुनै पनि कार्या ढिलासुस्ती नगर्न निर्देशन गरे ।
सो स्थलगत अवलोकनमा नेपाली कांग्रेस काभ्रेका सचिव गुणराज मोक्तन, काभ्रे कांग्रेस प्रवक्ता सन्तमान तामाङ, क्षेत्र नं १ प्रदेश सभा (ख)का सभापति चन्द्र लामा, जिल्ला सदस्य विजय लामा, नेपाल सांस्कृतिक संघ काभ्रेका अध्यक्ष मिम दोङलगायतको उस्थिति रहेको थियो ।
सोसँगै विपी राजमार्गको मोटरबाटोको समेत स्थलगत निरक्षण गरेका सभापति लामा लगायतका टोली चौकीडाँडासम्म पुगेका थिए । सो क्षेत्रमा पनि बाढी र पहिरोका कारणले धनजनको क्षति बारे अवलोकन गरे ।
नजिकिंदै गरेको दसैँमा यात्रुहरुको यात्राका लागि छिटो सहजिकरण गर्न लामाले पहल गर्ने बताए । सो क्रममा उनले तत्काललाई बैकल्पिक बाटो सञ्चालन गर्न स्थानीय तह र सम्बन्धित निकायसँग समन्वयनमा आफू रहेको बताए ।
यस्तै संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, नेपाली कांग्रेस काभ्रेका सभापति, पूर्व मन्त्री एवं बागमती प्रदेश सभा सदस्य तीर्थ लामा लगायतले बाढी र पहिरोबाट क्षतिग्रस्त पनौती नगरपालिका वडा नं १२ भूमिडाडा बस्ति र बेथानचोक गाँउपालिका वडा नं ४ को स्थलगत निरक्षण गरेका छन् ।
सो स्थलगत निरक्षणमा बागमती प्रदेश निति तथा योजना आयोगका सदस्य गुणराज मोक्तान, नेपाली कांग्रेस काभ्रेका पदाधिकारी र प्रदेश सभापति लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google