
सुर्खेत । मुगुकाे छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरीकाे हत्या गरिएकाे घटनाकाे सफल अनुसन्धान गर्ने १३ जना प्रहरीलाई प्रशंसा–पत्र वितरण गरिएकाे छ । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक भिमप्रसाद ढकालले प्रहरी कर्मचारीहरू समेत गरी १३ जनालाई प्रशंसा–पत्र प्रदान गरेका हुन् ।
मुगुकाे मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज , ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहरकोे घरभित्रै हत्या गरिकाे थियाे । हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरि सावर्जनिक गरेकाे थियाे ।
साे अवसरमा प्रदेश प्रहरी प्रमुख ढकाले उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन कुनैपनि घटनाको सम्बन्धमा जिम्मेवार भई सुक्ष्म रूपमा विधि सम्वत अनुसन्धान गर्न निर्देशन दिए । उनले कर्णाली प्रदेशको शान्ति सुरक्षालाई थप मजबुत बनाउन सबैले जिम्मेवार भई काम गर्ने साथै 'सुरक्षित कर्णाली विशेष अभियान, २०८०' को पूर्ण रूपमा कार्यान्वयनको लागि प्रतिवद्ध भई काम गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
यी हुन् प्रशंसा–पत्र पाउने
१.प्रहरी निरीक्षक बुद्धि प्रसाद सापकोट (नेपाल प्रहरी प्रदेश कार्यालय, कर्णाली प्रदेश)
२.प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण प्रसाद शर्मा ( कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत)
३.प्रहरी नायव निरीक्षक डिल्लीराज आचार्य (नेपाल प्रहरी प्रदेश कार्यालय, कर्णाली प्रदेश)
४.प्रहरी सहायक निरीक्षक प्रेम प्रसाद शर्मा (कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत)
५.प्रहरी वरिष्ठ हवल्दार शिवराज शर्मा (कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत)
६.प्रहरी सहायक हवल्दार सरोज जैसवाल (कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत)










































































































































































































































































.jpg)














































































































































.jpg)













































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google