रवीन्द्र मिश्र लेख्छन् – कांग्रेस नेता डा. शेखर कोइरालाले भन्नुभयो– म ‘राजा’लाई कहिल्यै ‘पूर्वराजा’ भन्दिनँ नि !

दर्पण दैनिक २ असार २०८०,१२:५४
post

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला राजतन्त्रको पक्षमा रहेको दाबी गरेका छन् । आफूले लेखेको ‘विचारभन्दा माथि देश’ पुस्तक नेता कोइरालालाई दिँदै गरेको तस्बिरसहित मिश्रले उन (डा. कोइराला) को भनाइ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

अनुमति लिएर सार्वजनिक गरिएको डा. कोइरालाको भनाइलाई उनले आफ्नो विचारसँग मेल खाएको भनी जिकिर गरेका छन् । उनले यसलाई माहोल परिवर्तन हुँदै छ भनेर बुझ्न आग्रहसमेत गरेका छन् । 

‘कांग्रेस नेता डा. शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयो– म ‘राजा’लाई कहिल्यै ‘पूर्वराजा’ भन्दिनँ नि ! मैले त भन्ने गरेको छु– हामी नेपाली अहिले रेलको गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्रजस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ। गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन्– ती हुन् ‘राजा’, मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले सोधेँ– ‘तपाईंको यो भनाइ म उद्धरण गर्न सक्छु?’ उहाँले भन्नुभयो– किन नसक्नु? मैले सार्वजनिक रूपमै भनेको कुरा हो यो ।’ उक्त पुस्तकमा मिश्रले मुलुकमा राजतन्त्र आवश्यक भएको उल्लेख गरेका छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९