लडाकू शिविर प्रकरणको छानबिन गर्न प्रचण्डलाई प्रदीप ज्ञवालीकाे चुनौती

दर्पण दैनिक १४ श्रावण २०८०,१६:३०
post

धनगढी । नेकपा (एमाले) ले सरकार र प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई लडाकू शिविर प्रकरणको छानबिन गर्न चुनौती दिएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लडाकू शिविर प्रकरणको छानबिन गर्न चुनौती दिएका हुन् । एमालेको सुदूरपश्चिम प्रदेश स्कुल विभागको आयोजनामा आजबाट सुरु भएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै स्कुल विभाग प्रमुख समेत रहेका उपमहासचिव ज्ञवालीले यस्तो चुनौती दिएका हुन् । 

उनले सरकारले प्रचारात्मक काममात्र गरिरहेको भन्दै लडाकू शिविरको छानबिन गर्न  प्रचण्डलाई चुनौती दिए। ‘भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा मात्रै किन आइरहेको छ लडाकू शिविरको छानबिन गर्ने सक्ने आट छ ?’, उनले भने । उनले २२ पटकसम्म सुन छाडेर २३औँ पटकमा पक्राउ गरेको भन्दै त्यसमा पनि सरकारको कमजोरी रहेको बताएका थिए ।

‘२३ औँ पटकमा पक्राउ गरिएको रहेछ। २२ पटक सम्म त छुट्यो नि । ८ दिनपछि सुन निकालिसकेको गोदाममा छापा मारेर के गर्न खोजेको हो ?’ उनले भने, ‘२२ पटकसम्म सुन तस्करी गर्नेहरूलाई खोज्नु पर्दैन ? मुख्य नाइके को-को हुन् ? खोज्नु पर्दैन ?’

यस्तै उनले माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको बुवा-छोराको नाम पनि सुन तस्करीमा जोडिँदा सरकारले छानबिन गर्न आनाकानी गरेको दाबी गरे । उनले मुलुकको खस्किँदो अवस्थाले एमाले चिन्तित रहेको उनको जिकिर छ ।

उनले भने, ‘नेपालको राष्ट्रिय हित सङ्कटमा छ। चौतर्फी निराशामा छ । ८ लाख भन्दा बढी श्रम स्वीकृति लिएको पाइएको छ । देश रित्तो हुने अवस्था छ । मुलुकको खस्किँदो अवस्थाले एमाले चिन्तित छ ।’

सत्ता टिकाउनको लागि सत्ता गठबन्धनले घटिया काम गर्न पनि पछि नपरेको उनको आरोप छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण नेपालको भन्दा भारतको बढी हित भएको उनको भनाई छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: