
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका छन् । उनले उक्त अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको जिकिर गरे । बुधबार पत्रकार सम्मेलन गरेर उनले अडियो सार्वजनिक गर्नु पनि सुनियोजित भएको दाबी गरे ।
पत्रकार सम्मेलनमा श्रेष्ठले के भने ?
मसँग जोडिएको अडियो भाइरल भइरहेको छ । त्यसले गर्दा पार्टी र अहिलेको उपनिर्वाचन र म आफ्नै मान प्रतिष्ठालाई घात परेकाले क्षमाप्रार्थी छु ।
अडियो अहिले जसले जहाँ पनि बनाउन सकिन्छ, इडिटिङ गर्न सकिन्छ । मैले अहिले बोलेको स्वरलाई अर्को तरिकाले मोडेर, इडिटिङ गराएर बाहिर ल्याउन सकिन्छ । त्यो अडियो अथेन्टिक होइन, ह्वाट्सएपमा कुराकानी गरेको भनिएको छ, मेरो कुरा कहाँ कहाँबाट जोडेर मिडियामा आएको छ । यसप्रति म खेद प्रकट गर्न चाहन्छु ।
म हाम्रो पार्टीबाट निलिम्बत भएको छु, म पार्टीबाट बाहिर निस्क्सिकेको छु । पार्टीले मलाई अनुसन्धान गर्न सुरु गरेको निलम्बनको प्रक्रियालाई स्वागतयोग्य ठानेको छु । म हिजोबाट नै न्यायालय गइसकेको छु । तपाईंहरु निश्चिन्त हुनुहोला मेरा शुभचिन्तक महानुभावहरु म न्यायलय गएर मेरा सम्पूर्ण कुराहरु न्यायालयमा प्रष्ट पारेर क्लिनचिट लिएर तपाईहरुमाझ प्रेस मिट गर्नेछु, धैर्यधारण गर्नुहोला ।
मेरो कारणले पार्टीलाई उपनिर्वाचनमा अप्ठेरो परेको छ । त्यसका लागि क्षमाप्रार्थी छ । सम्पूर्ण आमाबुबा दाजुभाइले उपनिर्वाचनमा ३ क्षेत्रलाई प्रत्यक्ष रुपले…यो अडियोलाई ध्यानमा नराखीकन, यो अडियो केही पनि होइन, यो फसाइएको हो, सुनियोजित गरिएको हो, जनवरीमा भएको, जनवरी फेबु्रअरीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको सुनियोजित किसिमले हाम्रो पार्टीलाई चारतिरबाट हान्न खोजिएको हो, पार्टीलाई तीनवटै निर्वाचनमा हराउने सुनियोजित योजना हो ।
सम्पूर्ण महानुभाव दाजुभाइ दिदीबहिनी पार्टीका शुभचिन्तक जसले पार्टीलाई राम्रो मान्नुभएको छ, उहाँहरुले भोट दिएर अत्यधिक बहुमतले हाम्रो ३ वटै क्षेत्रका लिडरहरुलाई जिताइदिनुहोला, अब क्लिनचिट पाएपछि हजुरहरुसँग यसरी नै भेट्नेछु धन्यवाद ।


























































































1679298112.jpg)
































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google