काठमाडाैं । अमेरिकाको मेरिल्यान्डस्थित जर्मनटाउन सहरमा शिवको प्रतिमा स्थापना गर्दै प्राण प्रतिष्ठा सम्पन्न गरिएको छ । शुक्रबार महाशिवरात्रिको अवसरमा १० फिट उचाइ भएको शिवको मूर्ति ,बसाहा र त्रिशूल सहितको स्थापना गरिएको हो ।
नेपाली समुदायद्वारा अमेरिकाको विभिन्न राज्य र सहरहरूमा स्थापना गरिएका मन्दिरहरूमा स्थापना गरिएका देवी देवताका प्रतिमाहरूमध्ये यो सबैभन्दा ठुलो प्रतिमा भएको बताइएको छ ।
सन् २०१७ मा ठुलो बुद्धको मूर्ति यही मन्दिरको अर्को स्थान वेल्सभिलमा स्थापना गरिएको थियो भने हाल उक्त मूर्ति पनि जर्मनटाउन मै सारिएको छ ।
यो विशाल मूर्ति दीपक श्रेष्ठ ,सुनिल श्रेष्ठ , नानी मैया श्रेष्ठलगायतले पशुपति बुद्ध मन्दिरलाई प्रदान गरेका हुन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google