योगेश भट्टराईलाई कसले निषेध गर्याे ताप्लेजुङ प्रवेशमा ?

दर्पण दैनिक ३ असार २०८०,१६:३६
post

काठमाडौं । ताप्लेजुङका पहिचान पक्षधरहरुले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई जिल्ला प्रवेशमा निषेध गरेका छन् । ताप्लेजुङका आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लिुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, खस क्षेत्री एकता समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै उनलाई निषेध गर्ने घोषणा गरेका हुन् ।

आदिवासी जनजाति समुदायहरुलाई कानून विपरीत हिंसा गर्ने, पहिचानवादी समुदायहरुको न्यायिक आन्दोलनलाई जबरजस्त दबाउने क्रम जारी रहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराईले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको जारी विज्ञप्तिमा उल्लेख छ ।


‘ताप्लेजुङ जिल्लाबाट निर्वाचित हुनुभएको प्रतिनिधिसभा सदस्य माननीय योगेश भट्टराईले संघीयसभाको औपचारिक बैठकमा दिएको गैरजिम्मेवार हिंसात्मक अभिव्यक्तिबाट देशको सिंगो पहिचानवादी राजनीतिक दल, संघ संस्था, नागरिक समुदायसँग हामी ताप्लेजुङवासी हदैसम्म दुःखित बनेका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘आम जनताहरूको राजनीतिक माग, चाहना, भावना अपेक्षाहरुलाई राज्यबाट सम्बोधन गर्न गराउन संघीय सरकारमा ताप्लेजुङको तर्फबाट एक जिम्मेवार अभिभावक बनेर गहन भूमिका निर्वाह गर्नुपर्ने ठाउँमा सामाजिक न्यायको आवाज उठाइरहेका आवाजहरुलाई दबाउने यस्तो अतिरञ्जित हिंसात्मक अभिव्यक्ति दिएर समुदाय–समुदायबीच भड्काउ साम्प्रदायिक हिंसा निम्त्याउने अराजक अभिव्यक्ति संघीय सभाको बैठकबाट व्यक्त गर्नुभएकोमा यो अभिव्यक्तिलाई फिर्ता लिएर आम पहिचानवादीहरुसँग सार्वजनिक माफी माग्नुपर्ने छ । अन्त्यमा प्रदेश नं। १ को कुनै पनि सार्वजनिक, राजनीतिक कार्यक्रममा सार्वजनिक उपस्थितिलाई राजनीतिक अवरोध गरिने साथै गृह जिल्ला ताप्लेजुङमा प्रवेश निषेध घोषणा गरिने ब्यहोरा यसै जारी विज्ञप्तिमार्फत सन्देश दिन चाहन्छौँ ।’

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post