स्थानीय तह उपनिर्वाचनका लागि रास्वपाले ताेक्याे प्रदेशगत जिम्मेवारी (सूचीसहित)

दर्पण दैनिक २२ कार्तिक २०८१,१५:३४
post

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचनका लागि सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको छ । केन्द्रीय निर्वाचन संयोजक समितिको बिहीबार बसेको बैठकले सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको हो । 

केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य गणेश पराजुलीका अनुसार प्रदेशगत जिम्मेवारी विभाजन गरिएको हो । जसअनुसार कोशी प्रदेशको निर्वाचन परिचालनको जिम्मेवारी प्रतिनिधिसभामा पार्टी सचेतक निशा डाँगीलाई तोकिएको छ । मधेस प्रदेशमा सांसद डा. चन्दा कार्की, वाग्मतीमा सांसद शिशिर खनाललाई स्थानीय तह उपनिर्वानको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा केन्द्रीय सदस्य कुसुम महर्जन, कर्णालीमा कोषाध्यक्ष लिमा अधिकारी र सुदूरपश्चिममा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

सूचना
 केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा मिति २०८१।०७।२१ गते बसेको बैठकले स्थानीय तह उपनिर्वाचन, २०८१ मा निर्वाचन परिचालनका लागि देहाय बमोजिम जिम्मेवारी तोकिएको छ ।

प्रदेश          जिम्मेवारी

कोशी - निशा डाँगी,  केन्द्रीय सदस्य तथा सांसद
मधेश - डा. चन्दा कार्की,  केन्द्रीय सदस्य तथा सांसद
बागमती - शिशिर खनाल,  केन्द्रीय सदस्य तथा सांसद
गण्डकी - विन्दवासिनी कांसकार,  केन्द्रीय सदस्य तथा सांसद
लुम्बिनी - कुसुम महर्जन,  केन्द्रीय सदस्य 
कर्णाली - लिमा अधिकारी,  कोषाध्यक्ष
सुदुरपश्चिम - विष्णु कुमार श्रेष्ठ, केन्द्रीय सदस्य
 
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न केन्द्रीय निर्वाचन संयोजन समितिले देहाय बमोजिम प्रारम्भिक निर्वाचन सञ्चालन गर्ने कार्यतालिका तय गरेको छ ।
                            स्थानीय तह उपनिर्वाचन, २०८१
                             प्रारम्भिक निर्वाचन कार्यतालिका
१.  उम्मेदवारी दर्ता,  २०८१ कात्तिक २२ देखि २५ गते,  दिउँसो २.०० बजे सम्म
२.  प्रारम्भिक उम्मेदवारहरुको नामावली प्रकाशन,  २०८१ कात्तिक २५  गते, साँझ   ८.०० बजे सम्म
३.  प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोध, २०८१ कात्तिक २६ गते, साँझ ५.०० बजे सम्म
४.  उम्मेदवारसँग छलफल, २०८१ कात्तिक २७ गते, साँझ ५.०० बजे सम्म
५.  उम्मेदवारको अन्तिम नामावली प्रकाशन, २०८१ कात्तिक २७ गते
६.  मतदान/निर्णय, २०८१ कात्तिक २८ गते, साँझ ७.०० बजे सम्म
७.  नतिजा प्रकाशन,  २०८१ कात्तिक २९ गते, दिउँसो १.०० बजे
 उम्मेदवारीका लागि आवेदन दिन तल दिइएको गुगल फारम वा निर्वाचन परिचालन समितिमा उपलब्ध आवेदन फारम भरी दिन सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न केन्द्रीय निर्वाचन संयोजन समितिबाट तय गरिएको प्रारम्भिक निर्वाचन कार्यतालिका यसैसाथ संलग्न गरिएको छ ।
उम्मेदवारी आवेदन दिने लिंक
https://docs.google.com/.../1nww_YmgB-9.../edit...
गणेश पराजुली
संयोजक, केन्द्रीय निर्वाचन संयोजन समिति

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: