जनार्दन शर्माले पार्टी फुटाउने भन्ने आशंका गलत पुष्टि : प्रचण्ड

दर्पण दैनिक ३२ श्रावण २०८१,०६:३३
post

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउने भन्ने आशंका गलत पुष्टि भएको बताएका छन् । स्थायी समिति बैठकपछि बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने,  ‘पार्टी फुट्ने हल्ला निराधार हो । पार्टीमा गरिएको आशंका र भ्रम पनि यो बैठकबाट चिरियो । कमरेड प्रभाकरले पार्टी फुटाउने भनेर भएको चर्चा आश‌ंका गलत हो ।’

त्यसैगरी, पार्टी विभाजनबारे चलेको हल्ला पनि गलत भएको प्रचण्डले बताए । प्रचण्डले नै पोखरा पुगेर एक महिनापहिला केही नेताहरू पार्टी विभाजन गर्न थालेको बताएका थिए । शर्माले स्थायी समिति बैठकमा प्रचण्डले आफूविरुद्ध पार्टी विभाजन गर्न थालेको हल्ला चलाएको लिखित प्रस्तावमा उल्लेख गरेका छन् । 

वर्तमान केपी शर्मा ओली सरकारको काम कारबाहीबारे केही दिनमा संसदमै बोल्ने बताएका छन् । ‘यो सरकारको विषयमा म केही दिनमा संसदमै बोल्छु ।’ 

टीआरसी विधेयकका सवालमा प्रचण्डले अब शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको भन्दै लामो समय लगाएर विधेयकलाई पीडितमैत्री बनाउने प्रयास गरिएको बताए । उनले भने,  ‘पीडित साथीहरूलाई ढुक्क रहन आग्रह गर्छु । अब सबै मिलेर कार्यान्वयनमा लैजानुपर्छ । उनीहरूका लागि परिपूरण र सम्मान भएकाले कसैले पनि अन्यथा लिनुपर्ने छैन ।’

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: