
काठमाडौं । काठमाडौं ४ मा एमाले उम्मेदवार डा. राजन भट्टराईले पराजय स्वीकार गरेका छन् । अब फेरि यही क्षेत्रबाट उम्मेदवार नबन्ने उनको घोषणा छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्तो घोषणा गरेका हुन् । भट्टराईले काठमाडौं ४ मा पराजय व्यहोरेको यो तेस्रो पटक हो । यसअघि दुई पटक उनी गगन थापासँग हारेका थिए ।
उनले लेखेका छन्, ‘म यहाँहरूका बीच सूर्य चिन्ह लिएर निर्वाचनमा आएको थिएँ । तर यसपटक पनि यहाँहरूको विश्वास जित्न सकिनँ । लोकतन्त्रमा जनअभिमत नै अन्तिम र सर्वोच्च हुन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै यस निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्दछु । विजयउन्मुख मित्र तथा सम्बन्धित दललाई हार्दिक बधाई ज्ञापन गर्दछु ।’
राजनीतिमा पराजय अन्तिम सत्य नभएको र यो आत्मसमीक्षा र नयाँ पाठ सिक्ने अवसर पनि भएको उनले बताएका छन् । ‘इतिहासले पनि यही देखाएको छ । आत्मसमीक्षा, सुधार र जनतासँगको सम्बन्धलाई पुनः सुदृढ गर्दै अघि बढ्दा फेरि जनताको विश्वास जित्न सफल भइन्छ । लोकतान्त्रिक यात्रामा धैर्यता, आत्ममूल्यांकन र निरन्तरताको सधैं महत्व रहन्छ र हामी यसलाई आत्मसाथ गरि नै रहने छौं । र, म क्षेत्रबाट आगामी कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने पनि यसै समयमा यहाँहरूलाई जानकारी गराउन चाहन्छु । यहाँहरूले दर्शाउनुभएको साथ, माया र विश्वासप्रति सधैं कृतज्ञ रहनेछु ।’ उनले लेखेका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)













































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google