ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म रूपमा ध्यान दिएर काम गर्नुपर्ने बताएका छन् । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध अन्तरराष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्धको विषय राजनीतिक दलहरूले छलफल गर्नुपर्नेमा जोड दिएका हुन् ।
“नीति निर्माणमा सहभागी हुनेहरूले लागुऔषधको समस्याका बारेमा विभिन्न कोणबाट थाहा पाउनुपर्छ, हामीले सदनमा बसेर सुधारका लागि काम गर्नुपर्छ, यो अत्यन्तै ठूलो सरोकारको विषय हो”, सभापति थापाले भने । उनले सरकारमा नहुँदा लागुऔषध दुरूपयोग र अवैध ओसारपसारविरुद्ध काम गर्नका लागि क्रियाशील हुनुपर्नेमा जोड दिए ।
सशस्त्र प्रहरी बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापा, सशस्त्र भूमिगत समूहका पूर्वसदस्य भाजु राउत कुर्मी, रिकभरिङ्ग नेपालका सदस्य यमकला राई र अभियान्ता विवेक कर्णले लागुऔषध रोकथामका लागि सरकार, समुदाय र व्यक्ति मिलेर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्वलागुऔषध प्रयोगकर्ता राजकुमार तामाङले लागुऔषध प्रयोगका कारण आफ्नो जीवनमा पारेको नकारात्मक प्रभाव, लागुऔषध प्रयोगकर्ता हुँदा नशा र कुलतको क्षणिक आनन्दमा फसेर गुमाएको समय, परिवारमा पारेको नकारात्मक प्रभाव, समाजमा परेको समस्याका बारेमा आफ्नो दुःखदायी र पीडादायी अनुभव प्रस्तुत गरेका थिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)




































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google