काठमाडौं । दार्चुलामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सोहन चौधरीको ज्यान गएको हो ।
प्रहरीको थुनामा रहेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर हतकडीसहित भागेपछि समात्न जाँदा लडेर सोमबार उनको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।
कुँवरलाई पक्राउ गर्न जाँदा लडेका चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका निम्ति उनलाई अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको बताइएकाे छ ।
सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट एक जना थुनुवा भागेर भारततिर थिए । जिल्ला प्रहरी कार्यालय पछाडिको भागबाट हाम फालेर महाकालीमा पौडी खेलेर ती थुनुवा भारततिर पुगेका थिए । त्यस क्रममा महाकाली किनारमा रहेका भारतपट्टिका गोरखा रेजिमेन्ट (जीआर) ले नेपालबाट भागेर गएका व्यक्तिलाई नियन्त्रणमा लिएर नेपाललाई बुझाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google