शंका उपशंखा गर्ने ठाउँ छैन : अध्यक्ष आचार्य

ललितपुर र नेकपा (एमाले) ललितपुरको ऐतिहासिक नवौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । यही चैत्र २३, २४ र २५ गते महालक्ष्मी नगरपालिका –१ , इमाडोलमा हुने अधिवेशनको तयारी पूरा भएको बुधबार सातदोबाटोस्थित पार्टि कार्यालयमा आयोजित कार्यक्रममा जानकारी दिइएको छ ।
अधिवेशनका लागि प्रतिनिधी चयन गर्नेदेखि लिएर राजनीतिक तथा संगठनीक प्रतिवेदन तयारी पूरा भएको प्रचार उपसमिती संयोजक ब्रम्हानन्द श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतिवेदन तयार भई प्रकाशनका लागि पठाइएको छ । विभिन्न उपसमितिले अधिवेशनलाई पूर्ण व्यवस्थित बनाउँन आफ्नो जिम्मेवारी पूरा गरेका छन्, उनले भने र्, महालक्ष्मी नगरको प्रवेश क्षेत्रमा स्वागतद्धार निर्माण हुँदै गरेको, जिल्लाका विभिन्न मुख्य स्थानमा स्वागतका लागि ब्यानरहरु राखिएको छ ।
लेखा समितिले लेखासम्बन्धी प्रतिवेदन पेश गरिसकेको छ भने निर्वाचनका लागि भोटिङ मेसिनको व्यवस्था भएको उनले बताए । प्रचार उपसमितिले ७१ वटै शाखामा ब्यानरमार्फत प्रचार गरिएको, पार्टीभित्र र अन्य पार्टीले दिनुभएको शुभकामनालाई पार्टीको आधिकारिक पेज तथा प्रचार पेजमार्फत प्रकाशन र प्रशारण गरिएको उपसमिती संयोजक श्रेष्ठले जानकारी दिए ।
अधिवेसनको उद्घाटनका दिन स्वास्थ्य उपसमितिलेस्वास्थ्य सिविर तथा रक्तदान कार्यक्रम राखेको छ । सांस्कृतिक उपसमितिले उद्घाटनका लागि आवश्यक विविध सांस्कृतिक कार्यक्रमहरुको तयारी गरेको छ । विभिन्न उपसमितिले अधिवेशनलाई पूर्ण व्यवस्थित बनाउँन आफ्नो जिम्मेवारी पूरा गरेका छन् ।
चैत्र २३ गते ११ बजे हुने अधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनकै दिन साँझ ५ बजेबाट ७ बजेसम्म र २४ गते विहान ८ बजेबाट दिउँसो ३ बजेसम्म बन्द सत्र चल्नेछ । राजनीतिक तथा सांगठनिक प्रतिवेदन, ३ वर्षे कार्ययोजना लगायतका प्रतिवेदन पेश गरिने प्रचार उपसमिती सचिव बालमुकुन्द आचार्यले जानकारी दिए ।
अधिवेशनका लागि ७१ वटै वडा, २३ वटा जनसंगठन, पालिकास्तरीय दलित प्रतिनिधी , लेखा समिती , सल्लाहकार समिती, मनोनित गरी करिब ५ सय जना प्रतिनिधी चयन गरिएको प्रचार उपसमिती सहसंयोजक श्याम शर्मा बजगाइँले जानकारी दिए । जिल्ला कमिटीको गत २०८० फागुन २३ गते बसेको दशौं पुर्ण बैठकले जिल्लाको नवौ अधिवेशनसम्बन्धी निर्णय गरेको थियो ।
अधिवेशनका अध्यक्ष पुरुषोत्तम आचार्यको संयोजकत्वमा ४ सय ७५ सदस्यीय मुल ब्यवस्थापन समिति गठन भएको छ । जस अनुसार राजनीतिक तथा सांगठनिक प्रतिबेदन समिति संयोजकमा अध्यक्ष पुरुषोत्तम आचार्य, ललितपुर समद्धिका आधार निर्माण समितिको संयोजकमा पार्टि केन्द्रिय सदस्य हरिकृष्ण ब्यञ्जनकार, हल तथा मञ्च ब्यास्थापन उपसमितिको संयोजकमा जिल्ला सचिव राम राउत रहेका छन् । यसैगरी जन परिचालन उप समितिको संयोजकमा जिल्ला उपसचिव श्याम ब्यञ्जनकार , प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजकमा जिल्ला संगठन विभाग प्रमुख अष्टवीर ब्यञ्जनकार रहेका छन् ।
यस्तै , खाद्य ब्यवस्थापन उपसमितिको संयोजकमा पवन के. सी., साँस्कृतिक उपसमितिको संयोजकमा आशा राई तथा आर्थिक उपसमितिमा गम्भीर राना र निर्वाचन समितिमा पुरुषोत्तम ढुङ्गाना संयोजक रहेका छन् ।
यसैगरी लेखा समितिमा रघुनाथ घिमिरे , प्रचार उपसमितिमा ब्रम्हानन्द श्रेष्ठ , अतिथि सत्कार उपसमितिमा अन्नपूर्ण बस्नेत, स्वास्थ्य उपसमितिमा कमला थापा र स्वयंसेवक व्यवस्थापन उपसमितिमा साजन दर्लामी (राजकुमार) संयोजक रहेका छन् ।
अधिवेशनले नयाँ नेतृत्वका लागि मनोनयन लगायतका निर्वाचन प्रकृयाका निम्ति चैत्र २४ साँझ ५ बजेपछिको समय तोकेको छ । सकेसम्म सहमतीमै र नभए मात्र लोकतान्त्रिक पद्धतीबाट नेतृत्व छानिने जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिए । उनका अनुसार सहमती नभएको खण्डमा चैत्र २५ गते विहान ८ बजेबाट भोटिङ मेसिनमार्फत मतदान गर्ने सम्मको विकल्प तयार पारिएको छ । अधिवेशनका लागि गठित निर्वाचन समितिको निर्णायानुसार निर्वाचन कार्यक्रम तय हुने उनले बताए । नेपाली कम्युनिष्ट आन्दोलनको आधार भूमिको रुपमा परिचित ललितपुर जिल्ला कम्युनिष्ट आन्दोलनको उर्भर भूमिको रुपमा लिइन्छ ।
शंका उपशंखा गर्ने ठाउँ छैन : अध्यक्ष आचार्य
एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले नवौँ अधिवेशनमा प्रतिनिधी छनौट गरेको विषयलाई कुनै शंका–उपशंकाका दृष्टिबाट नहेर्न आग्रह गरेका छन् । अधिवेशनको जानकारी गराउने उदेश्यले आयोजित पत्रकार भेटघाट कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै जिल्ला अधिवेशन निर्देशिका २०८० अनुसार नै प्रतिनिधी छनौट गरिएकाले त्यसमा शंका उपशंका गर्ने ठाउँ नभएको प्रतिक्रिया दिए ।
उनका अनुसार भूगोलमा १५ संगठीत सदस्य बराबर १ प्रतिनिधी रहेका छन् । संख्या नपुगेमा पनि प्रत्येक शाखाबाट १ महिला र १ पुरुष भने अनिवार्य गरिएको छ । मनोनितको संख्या जोडेका छैनौ, उनले भने र्, केन्द्रिय संगठन विभाग , प्रदेश संगठन विभाग र जिल्लाको संगठन विभागले सहि गरेपछि मात्र आधिकारीक प्रतिनिधी बन्न पाइनेछ । प्रमाणित भएको संख्या आउन बाँकी छ ।
प्रतिनिधी दर्ता शूल्क प्रत्येकलाई १ हजार तोकिएको छ भने साविक १ सय ९४ सदस्यीय जिल्ला कमिटी सदस्य प्रत्येकलाई १५ सय तोकेको छ । महानगरका २९ वटै शाखालाई १० हजारका दरले , महालक्ष्मीका १० र गोदावरीकमा १४ वटै वडा कमिटीलाई ७ हजार ५ सयका दरले आर्थिक दायित्व तोकिएको छ । यस्तै कोन्ज्योसोम, महाङ्काल र बाग्मती गाउँपालिकाका सबै शाखाहरुलाई ५–५ हजारका दरले आर्थिक दायित्व तोकेको उनले बताए । त्यसका अलावा माया गर्ने समर्थक र शुभेच्छुकबाट प्राप्त भएको सहयोग रकमबाट अधिवेशन चल्दैछ । केन्द्रिय लेखा आयोगबाट अडिट भइसकेको छ । समय अनुकुल आफूहरु चल्नुपर्ने भएकाले यसपाली प्रविधीको माध्यमबाट प्रत्यक्ष प्रसारण गर्दै घरमै बसेर अधिवेसनको उद्घाटन समारोह अवलोकन गर्न सक्नेछन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google