काभ्रे । नेपाली कांग्रेस धुलिखेल नगरकार्य समिति वडा नं १२ ले नेपाली काग्रेस काभ्रेका सभापति पूर्वमन्त्री एवं बागमती प्रदेश सभा सदस्य तीर्थ लामालाई सम्मान गरेको छ । शनिबार भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरेर लामालाई सम्मान गरिएको हो । बागमती प्रदेशबाट धुलिखेल १२ मा जनताको मागलाई बजेट मार्फत सम्बोधन गरेको भन्दै वडा कार्यसमितिले नेपाली कांग्रेस काभ्रेका पार्टी सभापति समेत रहेका लामालाई सम्मान तथा धन्यवाद ज्ञापन गरिएको हो ।
आर्थिक वर्ष २०८२÷८३ को बागमती प्रदेश सरकारबाट बिनियोजन बजेट तथा कार्यक्रममा धुलिखेल नगरपालिकामा तीर्थ लामाको पहलमा ११ करोडको हारहारीमा बजेट बिनियोजन भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस काभ्रेका सभापति एवं प्रदेश सभा सदस्य तीर्थ लामाले प्रदेश सरकारमार्फत छुट्याइएका बजेट र योजनालाइ व्यवस्थित एवं पारदर्शी ढंगले सञ्चालन गर्न सबैलाई आग्रह गरे । काभ्रेपलान्चोकका विभिन्न स्थानीतह र आफ्नो निर्वाचन क्षेत्रलाइ प्राथमिकतामा राखी बजेट बिनियोजन गरिएकोसमेत उनले दाबी गरे ।
लामाले आफ्नै पहलमा बाटो, पुल, खानेपानी तथा मठमन्दिरलगायतमा परेका योजनाबारे स्थानीय कार्यकर्तालाइ जानकारी दिंदै यस वर्ष छुटेका अन्य योजनाहरु आफ्नो कार्यकाल भित्र सबै सम्बोधन हुने बताएका छन ।
शंखुवासीको सद्भाव र सम्मानप्रति आभार व्यक्त गर्दै लामाले ‘आफुले राजनीति जिल्लाको विकास र संवृद्धिसंग जोडेर गर्ने भएकाले यो कुनै नौलो र कठिन काम नभएको बताउदै उहाँले सबल र सम्मुनत काभ्रेपलाञ्चोकको परिकल्पना साकार पार्न आफु सदैव क्रियाशील रहने प्रतिवद्धता जनाए ।
सांसद लामाले विकास निर्माणसंगै शिक्षा र जनचेतनाले नागरिकको जीवनस्तर उकास्न मद्दत गर्ने भएकाले अबको बढ्दो सूचनाप्रविधिसँग जोडिएर रचनात्मक काम गर्न आग्रह गरे ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष बद्रिराज तिमल्सिना, पनौती १० का वडाध्यक्ष मोहनबहादुर भण्डारी, कांग्रेसका युवानेताहरु नेता माधव थापा, अनुप लामिछाने, इकाई सभापति हिरासिंह वाइवा लगायतले जिल्लाको विकास निर्माणमा सांसद लामाले देखाएको सक्रियताको चर्चा गरेका थिए ।
नेपाली कांग्रेस पार्टीका जिल्ला सभापतिको सम्मान र विकास निर्माणका बारेमा आन्तरिक छलफलका लागि आयोजित कार्यक्रममा अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेकपा एमालेबाट कमल खरेल र ठुले बिश्वकर्मा एवं समाजसेवी सुरज घिमिरे नेपाली कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाइ प्रमुख अतिथि लामाले कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरे । पार्टीको क्रियाशील सदस्यता लिनेमा राधाकृष्ण फैंजु, रोशन खत्री, कृष्ण थापा र निरोज सत्याल रहेका छन् ।
सो अवसरमा पार्टीका सहयोगी पनौती ९ निवासी दामोदर केसीसहित धुलिखेल १२ को संगठन निर्माणमा जीवनभर क्रियाशील नेताहरु राजाराम श्रेष्ठ, कृष्णलाल श्रेष्ठ, कान्छीमाया तामाङ, ज्ञानबहादुर तामाङ, सानुकाजी श्रेष्ठलगायतलाइ सम्मान गरिएको छ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google