काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनमा काठमाडौं १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठलाई स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले समर्थन गरेका छन् । रास्वपा र आफ्नो प्रतिवद्धता पत्र समान रहेको भन्दै पन्तले श्रेष्ठलाई समर्थन गरेका हुन् ।
समर्थन पत्रमा भनिएको छ, ‘पछिल्लो राजनीतिका विभिन्न पक्षहरुको विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुनुभएकी श्री रोजिना श्रेष्ठ (चुनाव चिन्ह घण्टी) एक सशक्त उम्मेदवार हुनभएको अनुभूति भयो । स्थानीयस्तरमा लामो समय सामाजिक कार्यमा संलग्न भई वडाको वृहत्तर विकासमा समेत योगदान पुर्याउनु भएकी कानूनमा स्नातक तथा व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन पूरा गर्नुभएकी एक सफल व्यवसायी एवं महिला नेतृले म लगायत परिवर्तनका पक्षधरहरुको भावना समेटेर काम गर्ने कुरामा म विश्वास्त छु। तसर्थ का.म.पा. वडा नं. १६ मा उहाँलाई समर्थन गर्ने मैले निर्णय लिएको छु ।’
रास्वपाको प्रतिबद्धता पत्र र मेरो उम्मेदवारीको प्रतिबद्धता समान उद्देश्य प्राप्तिका लागि भएको हुँदा यसको कार्यान्वयनका लागि सहकार्य गर्ने सहमति गरेको उल्लेख छ।
पत्रमा भनिएको छ, ‘उहाँलाई विजयी गराएर यस वडामार्फत् महानगरपालिकाको समग्र विकासको लागि महत्वपूर्ण योगदान दिन सकिन्छ भन्ने विश्वासले उहाँलाई समर्थन गरेको छु । साथै स्वतन्त्र उम्मेदवारी मार्फत् वडा नं १६ बनाउने पवित्र उद्देश्य बोकी वडा अध्यक्षको प्रतिस्पर्धामा होमिनुभएका सबै स्वतन्त्र अभियन्ता उम्मेदवार साथीहरुलाई पनि यो अभियानमा जोडिएर साथ दिनुहुन हार्दिक अपील गर्दछु ।’


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google