
काठमाडौं । कामीरिता शेर्पा ३२औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । आइतबार बिहान १०:१२ बजे उनले ३२औं पटक सगरमाथाको सफल आरोहण गरी रेकर्ड बनाएको पर्यटन विभागको सगरमाथा आधार शिविरस्थित अस्थायी कार्यालयले जनाएको छ ।
उनले सगरमाथा आरोहणमा आफ्नै रेकर्ड तोडेका हुन् । यसअघि उनले गत साल जेठमा ३१औं पटक सगरमाथाको आरोहण गरेका थिए । शेर्पाले पहिलो पटक सगरमाथा सन् १९९४ मा आरोहण गरेका थिए । विभागले शेर्पालाई बधाई समेत दिएको छ ।
त्यसैगरी, माउन्टेन क्विन उपनामले परिचित लाक्पा शेर्पाले आइतबार बिहान साढे ९ बजे ११औं पटक सगरमाथाको आरोहण गरेकी छिन् । उनले महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्वकीर्तिमान कायम गरेकी छन् । सन् १९७३ मा संखुवासभा, मकालु–२ मा जन्मिएकी लाक्पा शेर्पाले नेपालको पर्वतारोहण इतिहासमा अर्को महत्त्वपूर्ण अध्याय थपेकी छन् ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)














































































































































































































































































































.jpg)












































































































































.jpg)

























































































.jpg)














प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google