काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) नविन पौडेललाई मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।
उपत्यकाका तीनवटा जिल्लामा हुने अपराधका घटनाहरुको अनुसन्धानमा सफल भूमिका निर्वाह गरेको भन्दै महाशाखाले इन्स्पेक्टर पौडेललाई गत मंसिर महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सर्वोत्कृष्ट प्रहरीको उपाधि प्रदान गरेको हो ।
इन्स्पेक्टर पौडेल महाशाखामा पिलर ४ मा कार्यरत छन् । उक्त पिल्लरले संगठित अपराध, गुण्डागर्दी नियन्त्रण, लागूऔषध नियन्त्रण र अपहरण तथा शरीर बन्धक अपराधहरुको अनुसन्धान गर्ने गरेको छ ।
एक महिनादेखि पिल्लरका निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका इन्स्पेक्टर पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले पेस्तोल, अवैध सुन र ललितपुरको झम्सीखेलबाट लागूऔषध बरामद गरेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google