काठमाडौं । अमेरिकामा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गरेको रिसेप्सनमा बाइडेन दम्पतीसँग भेट गरेका हुन् ।
अमेरिकी राष्ट्रपति बाइडेन र श्रीमती बाइडेनलाई न्यानो स्वागत तथा आतिथ्यताका लागि प्रधानमन्त्री प्रचण्डले ट्विटमार्फत हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google