काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको विधान संशोधन मस्यौदामाथि जिल्ला तहबाट सुझाव संकलन गर्ने भएको छ । पार्टीको केन्द्रीय सचिवालयको ७३औं वैठकले केन्द्रीय तहले निर्माण गरेको विधान संशोधन मस्यौदा बिहीबारबाट प्रदेश/जिल्ला तहमा पठाउने निर्णय गरेको हो ।
पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले मस्यौदामाथि तलका प्रदेश र जिल्ला कमिटीको सुझावसमेत समेटेर आगामी माघ १४ र १५ मा बस्ने केन्द्रीय परिषद् बैठकमा छलफलका लागि पेश गर्ने निर्णय गरेको हो।
उपमहासचिव खतिवडाले भने, ‘आजको वैठकले दुईवटा निर्णय गरेको छ। जसमध्ये पहिलो, आसन्न राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ दलका उम्मेदारलाई विजय गराउनका निम्ति पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ। त्यस्तै दोस्रो, पार्टीको विधान संशोधनबारे सुझाव संकलनका लागि मस्यौदा प्रदेश, जिल्ला कमिटीमा पठाउने र सुझाव आएपछि विधान मस्यौदाको अन्तीम रूप दिइने निर्णय गरिएको छ ।’


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google